ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको अडान कायमै : एमाले अध्यक्ष ओली र नेपालबीचको छलफल निष्कर्षविहीन


एबीसी / संवाददाता
चैत्र २, २०७७ सोमबार  २ : ०० बजे

काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ।पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा ओलीसहित उहाँको तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।

अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी रहनु भएको थियो । ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार नभएपछि पार्टी कार्यालयमा यो छलफल भएको हो ।बैठकमा अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षकाबाहेक सबैको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रका नेताहरुलाई जिम्मेवारी दिन गरेको निर्णय फिर्ता लिन अस्वीकार गर्नुभएको बताइएको छ। ओली आफ्नो अडानमा कायमै रहेपछि छलफलमा कुनै सहमति हुन नसकेको हो । शीर्ष तहमा छलफललाई निरन्तरता दिने सहमति भने भएको नेपाल पक्षका नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , ‘सौहार्दपुर्ण रुपमा वार्ता भयो । वार्ता सकारात्मक भयो । कुराकानी जारी रहन्छ । कुराकानी जारी राख्ने तर अहिलेको अवस्थामा आ–आफ्ना अडान कायमै छन् ।’
बैठकपछि प्रतिक्रिया दिँदै नेता पन्तले एमालेलाई बलियो बनाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक भूमिका खेल्ने अपेक्षा राखेको भन्दै आफ्नो अडान कायमै रहेको बैठकमा भनेको बताउनुभयो । ‘बैठकमा हामीले फागुन २८ गते भएको बैठकको निर्णय थाहा पनि छैन, त्यो बैठकको निर्णय स्वीकार पनि नगर्ने भनेर भन्यौं,’ उहाँले भन्नुभयो ।चार महिनापछि भएको ओली र नेपालको बैठकमा ओली पक्षबाट प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली, सुवास नेम्बाङ लगायतको सहभागिता थियो भने माधव नेपाल पक्षका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, गोकर्ण विष्ट र घनश्याम भुसाल सहभागी रहनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com