ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व उपभोक्ता अधिकार दिवस विशेष : ढक–तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता


एबीसी / संवाददाता
चैत्र २, २०७७ सोमबार  ९ : ५७ बजे

काठमाडौं, २ चैत्र ।  आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो । सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानून जारी गरेका हुन् ।

नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् । हिमाली जिल्ला म्याग्दीमा दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकांश ढक–तराजु पनि अवैधरूपमा प्रयोग भइरहेका छन् । गुणस्तर तथा नापतौल डिभिजनको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ । यसबाट व्यापारी मोटाइरहेका छन् भने उपभोक्ता दिनहुँ ठगिइरहेका छन् । त्यसैगरी एउटै सामानको मूल्य पसलैपिच्छे फरकफरक हुँदा एउटै सामानको तीन थरी मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।

त्यस्तै उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेको सचेत उपभोक्ताको गुनासो छ । अर्थशास्त्र विषयका प्राध्यापक तथा म्याग्दी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख कृष्णबहादुर थापाले स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार भए पनि उपभोग्य वस्तुमा हुने मिसावटले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने गरेको बताउनुभयो ।

जिल्ला बजार अनुगमन समिति म्याग्दीले गत दशैँको अवसरमा गरेको बजार अनुगमनका क्रममा बजारमा प्रयोगमा रहेका ५० प्रतिशत ढक–तराजु मापदण्डविपरीत रहेको पाइएको बताएको थियो । अनुगमनका क्रममा बेनी बजार क्षेत्रका मासु व्यवसायी, तरकारी तथा फलफूलका व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको समेत भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका एक अधिकारीले नापतौलमा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारवाही गरिने बताउनुभयो । उहाँले ढक, तराजुबाट उपभोक्तालाई ठगी गरिरहेको प्रशस्त प्रमाण फेला परेकाले अब थप बजार अनुगमनलाई कडाइ गरिने जानकारी दिनुभयो । मासु, फलफूल, तरकारीलगायत अन्य सामान सडकमा राखिएका पसलबाट किन्दा ठगिने गरे पनि उपभोक्तामा त्यसविरुद्ध सम्बद्ध निकायमा उजुरी गर्नुपर्छ भन्ने जानकारी नभएकाले ठगिनुपरेको अधिकारकर्मीको बुझाइ छ । कानूनी दायराभन्दा बाहिर रही व्यापार गर्ने व्यापारीबाट ठग्ने क्रम जारी रहे पनि त्यसलाई रोक्न सरोकारवाला निकायले कडाइ नगरे उपभोक्ता ठगिने क्रम नरोकिने उपभोक्ता अधिकार मञ्च म्याग्दीका अध्यक्ष ठहरबहादुर भण्डारीले बताउनुभयो ।

अधिकारकर्मीका अनुसार व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् । एक किलोको ढकमा एक हजार ग्राम हुन्छ तर ९०० ग्राम मात्रै राखिएको ढकलाई एक किलो भन्दै सामान तौलने गरिएको विभिन्न अनुगमन रिपोर्टले देखाएको छ । त्यसैगरी एउटै सामानको मूल्य प्रत्येक पसलमा अलग अलग तिर्नुपर्दा उपभोक्ता अन्योलमा पर्ने गरेका छन् । आइतबार बगरफाँटको एक पसलबाट रु ९० मा एक किलो चिनी किन्नुभएका उपभोक्ता धनबहादुर थापाले केही दिनअघि बेनी मङ्गलाघाटको पसलबाट रु ९५ मा किनेको बताउनुभयो ।
उपभोक्ताको अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकका रूपमा राखिएको भए पनि व्यवहारमा भने उपभोक्ताहरु सधैँ ठगिइरहनुपरेको सरोकारवालाको बुझाइ रहेको छ । उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गरिने भनेर संविधानमा नै उल्लेख गरिएको भए पनि यसको कार्यान्वयनको अवस्था भने दयनीय देखिएको म्याग्दीका उपभोक्ता श्याम सापकोटाले बताउनुभयो ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्ता हितमा राज्य कठोर हुनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार मूल्य, गुणस्तर र नापतौलमा उपभोक्तालाई आश्वस्त पार्दै बजारमा देखिएका विकृति, विसङ्गतिर गैरकानूनी कार्यलाई निरुत्साहित गर्न व्यवसाय सचेतना र उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com