ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित


एबीसी / संवाददाता

काठमाडौं, १ चैत । प्रदेश-१ को प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आइतवार प्रदेश सभा सचिवालयले एक सूचना प्रकाशित गरी चैत २ गतेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका प्रदेश सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख ।

गएको फागुन १९ गते प्रकाशित सूचनाअनुसार चैत २ गते दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएकोमा त्यस बैठकलाई विशेष कारण देखाउँदै प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । मुख्यमन्त्री राईविरुद्ध गएको पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

गएको फागुन ९ गते संसदमा टेबल भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिएको भए पनि मुख्यमन्त्री राईको दबाबमा सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै यही चैत २ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com