ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा अहिलेसम्म साढे दुई करोडले लगाए कोरोनाको खोप


एबीसी / संवाददाता

काठमाडौं, २८ फागुन ।  भारतमा अहिलेसम्म साढे दुई करोडभन्दा बढीले कोरोनाको खोप लगाएका छन् ।देशभरी कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहे पनि अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार ५४५ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको यो विवरण बिहीबार दिउँसो १ बजेसम्मको भएको मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिनुभयो । मन्त्रालयले साप्ताहिक रुपमा सार्वजनिक गर्ने गरेको विवरणअनुसार बिहीबार यो विवरण सार्वजनिक गरेको हो ।खोपका कूल उपभोक्तामध्ये ७१ प्रतिशतले सरकारी सेवामार्फत खोप लगाएका हुन भने अरु २९ प्रतिशतले निजी क्षेत्रबाट खोप लगाएका हुन् । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेक्रम चलिरहेको छ । स्वास्थ्य सचिव भूषणका अनुसार पुने, नागपुर, थाने, मुम्बई, बेङ्गलोर, एर्नाकुलम, अमरावती, जलगाउँ, नासिक, औरङ्गबादलगायतका क्षेत्रमा धेरै सङ्क्रमित रहेका छन् । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि एक लाखभन्दा बढी सङ्क्रमित सक्रिय अवस्थामै रहेको पनि उहाँले जानकारी दिनुभयो । “धेरै सङ्क्रमित रहेका दश जिल्लामध्ये आठ जिल्ला महाराष्ट्र प्रदेशका मात्रै रहेका छन्,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो । त्यसैगरी मध्य प्रदेश, गुजरात र हरियाना प्रदेश पनि धेरै सङ्क्रमित भएको प्रदेशमा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । भारतमा पछिल्लो २४ घण्टामा थप २२ हजार ८५४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने १२६ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com