ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको २५ संस्कार : नेपालमा ठिक उल्टो हुन्छ !


एबीसी / संवाददाता

अहिले अमेरिका र नेपालको भिन्नताबारे सामाजिक सञ्जालमा केही टुक्काहरू भाइरल हुने क्रममा छन् । यसै सन्दर्भमा हामीले अमेरिका र नेपालका २५ फरक भिन्नताहरू सङ्कलन गरेर राखेका छौँ ।

१। अमेरिकनहरू भोलि भोकै हुन किन नपरोस् आज टन्न खान्छन् । हामी नेपालीको संस्कार भोलि भोकै हुनुपर्ला भन्ने चिन्ताले वा धार्मिक मान्यता बनाई आज भोकै बस्छौ ।

२।अमेरिकन खुल्ला ठाउँमा खाना खान्छन् अनि गोप्य ठाउँमा दिशा गर्छन् । नेपाली गोप्य भान्सा कोठामा खाना खान्छौ अनि खुल्ला चौर, बन पाखामा दिशा गर्छौ ।

३ अमेरिकन पहिले घर किनेर त्यसैमा बसी क्रेडिटमा किनेको घरको पैसा जिन्दगीभर तिर्दै जान्छन् । नेपाली जिन्दगीभर भाडामा बसी बचाएको कमाएको पैसाले बुढेसकालमा घर किनेर, बनाएर छोराछोरीलाई छोडी मर्छौ ।

४।अमेरिकन दूध चिसो पिउँछन् पानी आइस राखेर पिउँछन् । हामी दूध तताएर पानी उमालेर पिउँछौ ।

५।अमेरिकनहरू अलि बढी पैसा बचत भए दिमाग फ्रेस बनाउन मनोरञ्जनमा खर्च गर्छन् । हामी नेपाली केही बढी पैसा बचत भए अर्को धेरै पैसा चाहिने व्यवहार आँटेर बोझ ९टेन्सन० बढाउँछौ ।

६। अमेरिकन महिला बच्चा अगाडी भागमा छातीमा टाँसेर बोक्छन् हामी पछाडि पिठ्यूँमा बोक्छौ ।

७।अमेरिकन हातले फ्याँकेर खेल्नेलाई फुटबल भन्छन् हामी खुट्टाले फ्याँकेर खेल्नेलाई फुटबल भन्छौ ।

८।अमेरिकन गरिबहरू मोटा हुन्छन् खास गरी जंकफुड र सस्ता खाना खाएर । अनि धनीहरू स्वास्थ्य खाना र ब्या यमले स्लीम ९पातला० हुन्छन् । हामी काहा गरिबहरू खान नपाएर बढी परिश्रमले पातला हुन्छन् धनी धेरै खाएर मोटा हुन्छन् ।

९।अमेरिकन आफ्नो प्रेमिकालाई प्रेम गरेर विवाह गर्छन् । हामी विवाह गरेर अझ बच्चा भएपछि श्रीमतीलाई प्रेम गर्छौ ।

१०।अमेरिकन प्रचलन घर,व्यावसायिक स्टोर,रेस्टुरेन्ट,कार्यालय बेलुका सफा गर्छन् हामीकहाँ बिहान सफा गर्ने प्रचलन छ ।

११। अमेरिकन मिति लेख्दा पहिले महिना अनि गते र साल लेख्छन् । हामी पहिले साल महिना र गते लेख्छौ । अक्टोबर ३० २०१७ , २०७४ कार्तिक ७

१२। अमेरिकन जन्मँदा नै नामी हुन्छन् हामी बेनामी । कसरी भने अमेरिकन पेटमा बच्चा भएपछि बच्चाको नाम दिन्छन् र जन्मँदा सोही नामको बर्थ सर्टिफिकेट बन्छ । हामीकहाँ जन्मेको ११ दिनमा पण्डित वा बाबु आमाले नाम दिएपछि नामी हुन्छौ ।

१३।अमेरिकन पुलिस पसलमा समान किन्दा, रेस्टुरेन्ट जाँदा, ट्याक्सी चढ्दा टिप्स पनि दिन्छन् । हामीकहाँका पुलिस यी ठाउँबाट हप्ता नै लिन्छ ।

१४।अमेरिकन धनीले कर तिर्छन् कम आए हुने गरिबले ट्याक्स फिर्ता बाट पैसा पाउँछन् । नेपालमा धनीले धन र शक्तिले कर तिर्दैनन् र थोरै तिर्छन् गरिब साना व्यवसायी बढी कर तिरिरहेका हुन्छन् ।

१५ अमेरिकन चलन पैसाको नोट ठुलो माथि पारी आसनमा सानो नोट राख्छन् । हाम्रोमा आसनमा ठुलो नोट माथि सानो हुँदै जान्छ ।

१६। अमेरिकन प्याकेटको खाना अर्थात् अर्कैले तयार गरेको खाना खान मन पराउँछन् । हामी आफैले बनाएको अझ आफूले चिनेजानेकाले बनाएको मात्र खाना खान मन पराउँछौ ।

१७।अमेरिकामा कमाइको हिसाबमा खानेकुराको तुलनामा बसाइ बस्ने ठाउँ होटेल, अपार्टमेन्ट, घर,कोठा महँगो हुन्छ । नेपालमा बस्ने सस्तो होला खानेकुरा धेरै महँगो हुन्छ ।

१८।अमेरिकामा प्राय पुरुष महिला देखी डराउँछन् अनि घर व्यवहार उनैले सम्हाल्छन् । नेपालमा महिला पुरुष देखी डराउँछन् र घर व्यवहार पुरुष नै सम्हाल्छन् ।

१९।अमेरिकन महिला विवाहको दिन नयाँ ठाउँ नयाँ मान्छे नयाँ परिवेशको अनुभव गर्न जादैछु भनी खुसी हुन्छन् । हामीकहाँ बेहुली विवाहको दिन माइती, बाबुआमा छाडेर पराइसँग जादैछु ठान्दै रुन्छन् ।

२०।अमेरिकन धेरै धनी भए सुख शान्ति खोज्न गाउँ वा एकान्त तिर पस्छन् । हामी कहाँ धेरै धनी भए सुख शान्ति खोज्न सहर भिडभाड तिर जान्छन् ।

२१।अमेरिकन जोडी जो विवाह गरेर धेरै वर्ष सँगै बसेका हुन्छन् उनीहरूलाई देखेर अरू मान्छे अचम्मित हुन्छन् । नेपालमा विवाह गरेर छिट्टै अलग्गिएका जोडी प्रति अचम्मित हुन्छन् ।

२२।अमेरिकन महिला घुँडा साँप्रा देखाएर छोटो लुगा लगाउँछन् तर पुरुषले घुँडा देखाएको त्यति राम्रो मानिँदैन । नेपालमा पुरुष घुँडा देखाएर छोटो कट्टु लगाउँछन् महिलाले घुँडा देखाएको राम्रो मानिँदैन ।

२२ं। अमेरिकन नचिनेको मान्छे होस वा रिस उठेका मान्छे नै किन नहोस् फिसिक्क हाँसेर बोल्छन् । हामीकहाँ नचिनेको वा रिस उठेकोसँग हाँस्ने बोल्ने त कुरा परै जावोस् उ हिँडेको बाटो समेत हिँड्दैनन् ।

२३। अमेरिकन टिनएजर काटेपछि पनि कुनै केटा साथी वा केटी साथी छैन भने अभिभावक उसको कुनै शारीरिक कमजोरी त छैन भनी सजग हुन थाल्छन् । नेपालमा टिनएज काटेपछि कुनै केटा साथी वा केटी साथी त छैन भनी अभिभावक नै शङ्काले सजग भैरहन्छन ।

२४।अमेरिकाको सहरी क्षेत्रमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिई कम गतिका सवारी हुँदै तीव्र गतिका सवारी पछाडि जान्छन् । नेपालमा पहिले तीव्र गतिको गाडीले पास गरेपछि कम गतिको सवारी हुँदै पैदल यात्रीको पालो अन्तिममा आउँछ ।

२५। अमेरिकन सुन्दर युवतीलाई नचिनेको मान्छेले पनि वाह,  कति से’क्सी (सुन्दर) होस भनेमा थ्याङ्ग।क्यू भनी मुस्कुराउँछन् । हामीकहाँ अनजान सुन्दरीलाई कति सुन्दर रहिछौ भनेमा मात्र पनि चप्पल उठाएर बजाइदिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com