ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र साउथ एशियाका बीचमा दरिलो सम्वन्ध बनाउन विज्ञहरु सहमत


ABC NEWS
पुस ३, २०७४ सोमबार   ३ : ०१   बजे

पुस ३ छेन्दु (चीन), । चिनिया र दक्षिण एशियाली विज्ञहरुले चीन र दक्षिणएशियाली देशको बीचको सम्बन्ध दरिलो बनाउन सकेका विआरआई प्रोजेक्ट सफल हुने बताएका छन् ।
चीनको छेन्दु सहरमा सिचुवान विश्व विद्यालयका्े इन्ष्टिच्युट अफ साउथ एशियालृे आयोजना गरेको छैठौं चीन साउथ एशिया सांस्कृतिक फोरममा सहभागी चीन, नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र भुटानका विज्ञहरुले दक्षिण एशियाली देश र चीनका बीचको सम्वन्धलाई जनस्तरमा विकास गर्न सुझाव दिएका छन् ।
फोरमको शुभारम्भका असरमा काबुल विश्वविद्यालयका कुलपति हमिदुल्लाह फारुक, चीनका लागि नेपाली राजदूत लिलाणि पौडेल, पाकिस्तानी बाणिज्यदूत नविद बोखारीले चीनसंग मिलेर काम गर्ने आफ्ना देशहरु तयार रहको प्रतिवद्धता व्यक्त गरेका थिए ।

सेमिनारमा नेपाल, चीन, भारत, पाकिस्तान र अफगानिस्तानका २० जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । भारतीय विज्ञ महेन्द्र पी लामाले धार्मिक र सांस्कृतिक ऐहिासिक पृष्ठभूमिको व्याख्या गर्दै प्राचिन सिल्क रोडलाई चीनले आधुनिक तरिकाले व्याख्या गरेको बताए ।
नेपालका तर्फबाट एबीसी टेलिभिनजका अध्यक्ष तथा समाचार प्रमखु शुभशंकर कंडेलले नेपालले बिआरआईमा हस्ताक्षर गरिसकेकाले नेपालमा स्थिर नयां सरकार बनेपछि आर्थिक र विकासका आयोजना अघि बढाउन तयार रहको बताए । कंडेलले चीन र दक्षिण एशियाली देशहरुका बीचमा मिडिया नेटवर्क बनाएर विआरईका बारेमा विस्तृत अध्ययन गर्नु पर्ने बताए । नेपालको पर्यटन प्रवर्धन विषयमा साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुब पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सिनासका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्कीले चिनिया र नेपाली विश्व विद्यालयहरुका बीचको सहकार्यका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालका तर्फबाट साइने नेपाल त्रिभुवन विश्वविद्यालयका चिन्तामणि पोखरेल, शिवलाल भुसाल, लुम्बिनी विकास कोषका अजितमान तामांग, पत्रकारहरु दिपक अधिकारी, प्रशान्त अर्याल, ध्रुब आले नेपाल पर्यटन बोर्डका शरद प्रधान, पर्यटन व्यवसायी विश्वशंकर पालिखे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम सिचुवान विश्वविद्यालयका कार्यकारी निर्देशक लि ताओको अध्यक्षतामा भएको थियो । सहभागी विज्ञहरुलाई सिचुवान विश्वद्यिालयका निर्देशक जी वेईले गरेका थिए ।
कार्यक्रमलाई तीन सत्रमा बांडिएको थियो । सेमिनारमा बुद्ध दर्थन, योगा, तथा धार्मिक तथा सांस्कृतिक सन्देश आदन प्रदानका विषयमा समेत कार्यपत्रहरु प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group