ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुठी समूहद्वारा अमेरिकी आरोपको खण्डन-‘वासिङटन झुटको खेती गर्छ’


admin
पुस २, २०७४ आईतबार  १२ : ४३ बजे

यमन, २ पुस । यमनी हुठी विद्रोहीले अमेरिकाद्वारा यमनमा जारी द्वन्द्वमा इरानको सहयोग रहेको भनी आएको भनाइलाई खण्डन गर्दै वासिङ्टनले ‘झुटको खेती’ गरेको बताएको छ ।

हुठी समूहका प्रवक्ता मुहमद अब्दुल सलामले शुक्रबार राति ट्वीटरमार्फत् अमेरिकी आरोपको खण्डन गर्दै वासिङ्टनले जेरुसेलमलाई मान्यता दिने निर्णयप्रति मध्यपूर्वमा आएको प्रतिक्रियाबाट बच्न ‘झुटको खेती’ गरेको बताउनुभयो ।

गत विहीबार अमेरिकाले तेहरानले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको भन्ने बिषय अखण्डनीय भएको र यमनी हुठी विद्रोही नियन्त्रित भूभागबाट साउदी अरबतर्फ क्षेप्यास्त्र आक्रमण गर्ने गरेको खुलासा भएको जनाएको थियो ।

अमेरिकी अधिकारीले जनाए अनुसार हतियारमा देखिने सङ्केतले क्षेप्यास्त्र इरानमा बनेको पुष्टि हुने जनाएका थिए ।
इरानले आफ्नो मुलुकले यमनी विद्रोहीलाई हतियार सहयोग गरेको भनाइलाई खण्डन गर्दै आएको छ ।

यमनमा इरानको समर्थन रहेका हुठी र अमेरिकी समर्थन प्राप्त साउदी नेतृत्वको सरकारी सैन्य गठबन्धनबीच लामो समयदेखि द्वन्द्व जारी रहेको बताउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com