ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी बित्यो ह्वाइट हाउसमा ट्रम्पको अन्तिम रात, झण्डै डेढसयलाई आममाफी (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौँ, ७ माघ । डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा अन्तिम रात कैयनलाई आममाफी दिएर र केही पेपरवर्क गरेर बिताएका छन् । ट्रम्पले ह्वाइट हाउसका पूर्व रणनीतिकार स्टीभ ब्यानन लगायतलाई आममाफी दिएका छन् । उनी ट्रम्पको अभियानका सीईओ पनि हुन् ।

ट्रम्पले झण्डै डेढसय जनालाई आममाफी दिएका छन् । त्यसमध्ये ७० जनाले भोगिरहेको बाँकी सजाय माफ गरिदिएका हुन् ।

ट्रम्पले अन्तिम रात कुल १४३ जनालाई आममाफी दिएपनि त्यसमा आफ्ना परिवारका सदस्य र आफूलाई भने समावेश गरेका छैनन् । त्यस्तै क्यापिटल हिलको दंगा फसादमा प्रत्यक्ष सहभागी कसैलाई पनि ट्रम्पले आममाफी दिएनन् । राती १० बजेसम्म ट्रम्पका साथमा उनकी छोरी इभान्का पनि रहेको जनाइएको छ । ट्रम्पले विहान २ बजेसम्म पनि कैयनलाई फोनकल गरेर बसेका थिए । ट्रम्पले आफ्नो कार्यकालमा केही हाइप्रोफाइल व्यक्तित्वहरुलाई यसअगाडि नै आममाफी वा क्षमादान दिइसकेका छन् ।

ट्रम्पले आज विहान ह्वाइटहाउस छाडेका छन् । ह्वाइटहाउसबाट बाहिर निस्कदै गर्दा उनले ४५ औं राष्ट्रपतिका रुपमा सेवा गर्न पाउनु आफ्ना लागि ठूलो सम्मान रहेको बताए ।

यो आफ्ना लागि जीवनभरका लागि सम्मान भएको उनले बताए । तर उनले यो बिदाई धेरै लामो नहुने आशा व्यक्त गरे ।त्यसपछि उनी सेनाको हेलिकोप्टरमार्फत ज्वाइन्ट बेस एन्ड्रयु क्याम्पमा आए । ज्वाइन्ट बेस एन्ड्रयु क्याम्पमा उनका लागि बिदाई कार्यक्रम राखिएको हो ।

त्यहाँ बोल्दै मेलानिया ट्रम्पले प्रथम महिलाको रुपमा सेवा गर्न पाउनु आफ्ना लागि सम्मानको कुरा भएको बताइन् । डोनाल्ड ट्रम्पले आफ्ना छोराछोरीहरुलाई धन्यवाद दिए ।

राष्ट्रपतिका रुपमा अन्तिम सम्बोधनका रुपमा ट्रम्पले नयाँ बाइडेन प्रशासनलाई गुडलक भन्दै सधै लडिरहने प्रतिबद्धता जनाए । उनले भने – ‘तपाईहरु एकदमै राम्रो जनताहरु हुनुहुन्छ । यो महान महान देश हो । तपाईहरुको राष्ट्रपति हुन पाउनु मेरा लागि ठूलो सम्मान हो ।’

ट्रम्पले ह्वाइटहाउसबाट निस्कने बेलामा जो बाइडेनका लागि एउटा नोट छाडेको जनाइएको छ । तर नोटमा के उल्लेख छ भन्नेबारे केही बताइएको छैन । नयाँ राष्ट्रपतिका लागि पदावधि सकिन लागेका राष्ट्रपतिले पत्र छाडेर जाने प्रचलन रहेको छ । ज्वाइन्ट बेस एन्ड्रयुजमा बिदाई कार्यक्रमपछि ट्रम्प एयरफोर्स वानमार्फत फ्लोरिडातिर लागेका छन् ।

आममाफी दिने प्रचलन
नोभेम्बरको चुनावपछि जनवरी २० मा नयाँ राष्ट्रपतिले सपथग्रहण गर्नु अगाडि पूराना राष्ट्रपतिले यो अवधिमा कैयन व्यक्तिलाई आममाफी वा क्षमादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थीरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले इराकमाथि हवाई हमला समेत गराएका थिए । उनले कैयनलाई क्षमादान समेत दिए ।

यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए । ओबामाले विभिन्न अपराधमा संलग्न वा संलग्न भएको आशंका रहेका २ सय बढीलाई क्षमादान दिएका थिए ।

बिल क्लीन्टनले आफ्ना भाई र एउटा राहत संकलन अभियानमा खटिएकी महिलाका पति लगायत १४० भन्दा धेरैलाई क्षमादान दिएका थिए ।

यस्तो क्षमादान अहिलेसम्म अपराधमा नमुछिएका व्यक्तिलाई समेत दिन सकिन्छ । क्षमादानपछि क्षमादानको अवधि अगाडिसम्मका अपराधका लागि उनीहरुलाई भविश्यमा समेत छुट प्राप्त हुन्छ । विगतका अपराधका कारण भविश्यमा सजाय भोग्न नपरोस् भनेर समेत क्षमादान दिइन्छ ।

क्षमादान दिन पाउने अमेरिकी राष्ट्रपति तजविज अधिकार हो । अधिकांश राष्ट्रपतिले अर्को व्यक्ति नयाँ राष्ट्रपति निर्वाचित भइसकेपछि आफू जनवरी २० सम्म ह्वाइटहाउसमा रहँदासम्म यो अधिकारको प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com