ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपाईं जन्मेदेखिको कुरा यहाँ नसुनाउनोस् – प्रधानन्यायाधिश राणा


एबीसी / संवाददाता

काठमाडौं, ६ माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ। रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता शिवकुमार यादवले प्रतिनिधिसभा विघटन संविधानमाथिको प्रहार भएको बताउनुभएको छ । उहाको तर्क सनुेपछि न्यायाधीश सपना मल्ल प्रधानले प्रश्न गनुभयो, सरकाररप्रधानमन्त्री संविधानको धारा ७६ को १ बमोजिम हो कि २ बमोजिम ?

यादवले जवाफ दिनु भयो ७६ को २ अनुसारको प्रधानमन्त्री हुनुहुन्छ । किनभने, एउटा दलले सभामुख अर्कोले उपसभामुख लिएका छन् ।
यादवसँगै बहस गरेका अधिवक्ता शेरबहादुर ढुंगानाले ठूलो स्वरमा आफ्नो बयान गर्दै इतिहास सुनाउन थालेको भन्दै प्रधानन्यायाधीश राणा जंगिनुभयो । ढुंगानालाई रोक्दै राणाले भन्नुभयो तपाईं आफ्नो इतिहास नबताउनोस् । बिस्तारै बोल्नोस्, तपाईं जन्मेदेखिको कुरा यहाँ नसुनाउनोस् ।

बहसकै क्रममा अधिवक्ता हर्कबहादुर रावलले अहिले कुनै शासकले पृथ्वीनारायण शाह, हिटलर वा विन्सटन चर्चिलको पद्धति खोज्न नपाउने बताउनुभयो । उहाले संविधानले तोकेभन्दा बाहिरको सीमामा कोही जान नसक्ने तर्क समते गर्नुभयो । विगतका तीतो अनुभवबाट पाठ सिकेरै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार नदिइएको उहाको तर्क छ । यसअघि हिजो अधिवक्ताहरू दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गर्नुभएको थियो । बहसका क्रममा उहाँहरूले संविधान निर्माणका क्रममा संविधानसभामा भएको छलफल र त्यसपछि तयार भएको अवधारणापत्रको कुरा उठाउनु भएको छ । आइतबारको सुनुवाइमा निवेदकतर्फका कानुन व्यवसायी र न्यायाधीशहरूबीच सवाल जवाफ भएको थियो । निवेदकतर्फका कानुन व्यवसायीहरू सन्तोष भण्डारी, गिरिराज भट्ट, दिनेश त्रिपाठी, भीमार्जुन आचार्य र सुनील पोखरेलले बहस गरेका थिए । उनीहरूले संसद विघटन पूर्णतः असंवैधानिक कदम भएको तर्क गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com