ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो पटक ट्रम्पविरूद्धको महाअभियोग अमेरिकी तल्लो सदनबाट पारित


एबीसी / संवाददाता
माघ १, २०७७ बिहीबार  ९ : ०७ बजे

काठमाडौँ, १ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग पारित गरेको छ । एकै कार्यकालमा दोस्रो पटक महाअभियोग झेल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् । कार्यकाल सकिन एक हप्ता पनि बाँकी नरहँदा तल्लो सदनबाट पारित भएको यो प्रस्तावलाई माथिल्लो सदन सिनेटले पनि पास गरेमा उनको बहिर्गमन लज्जास्पद हुनेछ ।

सिनेटमा दुई तिहाइ मतले पारित भएमा ट्रम्प राष्ट्रपति पदबाट जनवरी २० अगावै बर्खास्त हुनेछन् । जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइनडेनले सत्ता सम्हाल्दै छन्।ट्रम्पविरुद्ध यही जनवरी ६ मा अमेरिकी संसद् भवन ९क्यापिटल हिल० भित्र भएको हिंसाको उक्साहटको अभियोग लगाइएको छ । क्यापिटल हिलमा भएको सो हमलामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

डेमाक्र्याटिक पार्टीका सांसदले गत सोमबार तल्लो सदनमा दर्ता गरेको महाभियोग प्रस्तावलाई २३२ मतले पारित गरेको बीबीसीले जनाएको छ ।ट्रम्पकै पार्टी रिपब्लिकनका १० सांसदले पनि महाभियोगका पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसआधारमा १९७ जना रिपब्लिकन सांसद मात्र महाभियोगको विपक्षमा थिए । यसअघि सन् २०१९ डिसेम्बरमा पनि ट्रम्पविरुद्ध महाभियोग लगाइएको थियो । उक्त प्रस्ताव सिनेटबाट अस्वीकृत भएपछि उनी महाभियोगबाट जोगिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com