ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्जियाका दुई सिनेटर डेमोक्र्याटिक पार्टीको पोल्टामा, सिनेटमा ह्यारिसको भोट निर्णायक


एबीसी / संवाददाता
पुस २३, २०७७ बिहीबार  ९ : ०२ बजे

काठमाडौं, २३ पुस । अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि डेमोक्र्याटिक पार्टीले बहुमत बनाएको छ।मंगलबार भएको जर्जिया राज्यका दुई सिनेटको पुनस् निर्वाचन डेमोक्र्याटिकका उम्मेदवार विजयी भएपछि सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको हो। मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले रिपब्लिकन पार्टीका बहालवाला सिनेटरलाई हराएका हुन्। जर्जियाबाट सिनेटर निर्वाचित हुने वार्नक काला जातिका पहिलो व्यक्ति हुन्।जर्जियाको जितसँगै डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले आफ्ना नीति र कार्यक्रम रिपब्लिकनको सहायताबिनै लागू गर्न सक्ने भएका छन्।

सिनेटमा दुबै पक्षको ५०(५० संख्या भएमा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउने व्यवस्था छ। उपराष्ट्रपति सिनेटको सभापतिको भूमिका हुन्छन्। कुनै प्रस्तावमा बराबर मत आएको अवस्थामा उपराष्ट्रपति कमला ह्यारिसले बाइडेन प्रशासनको प्रस्तावका पक्षमा मतदान गरेर सदनबाट पास गराउन सक्छन्।

गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि पार्टीका उम्मेद्वार ५० प्रतिशत मत ल्याउन नसकेपछि जर्जियामा मंगलबार फेरि चुनाव भएको हो। जर्जियाको कानुनअनुसार सिनेटर निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्छ।

दक्षिणी राज्य जर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवारले जितेका हुन्।बाइडेनले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्दै छन्। जलवायू परिवर्तन, आप्रवासी आगमन र पूर्वाधार निर्माणमा बाइडेनले ट्रम्प प्रशासनभन्दा फरक तरिकाले काम गर्ने बताएका छन्।उनले जलवायू परिवर्तनको असर वास्तविक भएको र अमेरिकी आप्रवासीका लागि खुला हुनुपर्ने आवाज उठाउँदै आएका छन्।

तल्लो सदनमा डेमोक्र्याटिक पार्टीले नोभेम्बरको चुनावबाट यसअघिको बहुमतलाई कायम राखेको थियो। यद्यपी उसको सिट भने अघिल्लो पटकभन्दा यसपालि घटेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com