ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प र पुटिन भेट सकारात्मक ः लाभरोभ


admin
असार २५, २०७४ आईतबार  ११ : १९ बजे

ह्यामवर्ग (जर्मनी), २४ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ह्यामबर्गमा आयोजित जी–२० शिखर सम्मेलनका अवसरमा पहिलो प्रत्यक्ष कुराकानी भएको र उहाँहरुले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनी लगाइएको रसियाली हस्तक्षेपबारे छलफल गर्नुभएको छ ।
भेटमा ट्रम्पलाई राष्ट्रपति निर्वाचित गर्न रसियाली अधिकारी संलग्न नरहेकाबारे पुटिनले अमेरिकी राष्ट्रपतिलाई आश्वस्त पार्ने प्रयास गर्नुभएको थियो भने पुटिनको प्रस्तुतिलाई ट्रम्पले स्वीकार गर्नुभएको रसियाली विदेश मन्त्री सेर्गेइ लाभरोभले एएफ्पीलाई जानकारी गराउनुभएको छ ।
यसबारे अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनसँग सोधिएको प्रश्नमा दुईजनाबीच महवपूर्ण कुराकानी भएको भएपनि चुनावमा के भएको थियो भन्नेबारे यी दुई मुलुकहरु सहमतिमा पुग्लान् भन्नेमा अझै निश्चित नभएको बताउनुभएको छ ।
“दुई राष्ट्रपतिहरुे एकअर्कासँग असाध्यै छिटो घुलमिल हुनुभएको देखिन्थ्यो र उहाँहरूबीच ‘सकारात्मक भावना’ सिर्जना भएको देखिएको छ, अमेरिकी विदेशमन्त्री टिलरसनले भन्नुभयो ।
दुई नेताबिच सिरिया, युक्रेन र साइबर सुरक्षाका विषयमा मिलेर काम गर्ने सहमति भएको बताइएको छ ।
क्रेमलिनले यी सहमतिहरुलाई अमेरिकासँग अझ व्यापक सहकार्य गर्ने र पश्चिमा प्रतिबन्धहरु खारेज गराउने आफ्नो मुख्य लक्ष्य प्राप्तिको पहिलो कदमका रुपमा हेर्नेछ ।

पोल्यान्डमा बिहीबार भएको सञ्चारकर्मीसँगको कुराकानीमा ट्रम्पले अमेरिकी बहुसङ्ख्यक गुप्तचर निकायले सन् २०१६ को निर्वाचनमा रसियाले घुसपैठ वा हस्तक्षेप गरेको भनी निकालेको निष्कर्षलाई भने फेरि एकपटक नकार्नुभएको थियो । यस सम्बन्धमा ट्रम्पले यो रसिया हुन पनि सक्छ तर अन्य मुलुकले घुसपैठ गरेका पनि हुनसक्छन् भनी प्रतिक्रिया दिनुभएको थियो ।

“साँच्चै कसैले पनि निश्चितरूपमा थाहा पाएको छैन,” ट्रम्पले पोल्याण्डमा भन्नुभयो ।

अमेरिकी सांसद तथा केन्द्रीय अनुसन्धानकर्ताले रसियाको सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाको घुसपैठ तथा ट्रम्पका निर्वाचन अभियान सहयोगी र तत्कालीन समयमा अमेरिकामा कार्यरत रसियाली कूटनीतिज्ञबीच सम्भावित सहकार्य थियोे भनी गरिएका दाबीमाथि छानबिन गरिरहेका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

सम्बन्धित

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

बेलायतका प्रधानमन्त्री चीन भ्रमणमा : ७ वर्षपछि पहिलो उच्चस्तरीय भ्रमण

युक्रेन युद्धमा २० लाख सेना मारिएको एक अध्ययनको अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com