ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति


एबीसी / संवाददाता
पुस १५, २०७७ बुधबार  ३ : २० बजे

लन्डन, १५  पुस । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले बताएको छ । फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भण्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाई हुने गरेको छ ।

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले जनवरीदेखि अस्ट्राजेनिकाको खोप दिन शुरु गरिने बताउनुभयो । अस्ट्राजेनिकाको खोप आम जनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै अस्ट्राजेनिकाको खोप चलाउन थालिएको हो । बेलायत सरकारको स्वास्थ्य नियामक निकाय (एमएचआरए) ले अक्सफोर्ड र अस्ट्राजेनिकाले विकास गरेको खोप प्रयोगमा ल्याउन सकिने भन्दै अनुमति दिएको थियो ।

एक जना स्वास्थ्य विभागका प्रवक्ताले अस्ट्राजेनिकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्याँक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताएका छन् । आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शत प्रतिशत सुरक्षा प्रदान गर्ने बताउनु भएको थियो ।

उहाँले आफूहरुले विकास गरेको खोपले फाइजर र मोडर्नाको झैं ९० प्रतिशतकै हाराहारीमा काम गर्ने बताउनु भएको छ । यसअघि गरिएका परीक्षणमा खोपले ७० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको थियो । तर पछिल्लो पटकको अध्ययनले अस्ट्राजेनिकाको खोप पनि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com