ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इथियोपिया टिग्रे सङ्कट: एक जना सैनिकले कसरी ११ घण्टासम्म बन्दुक आक्रमणको सामना गरे ?


एबीसी / संवाददाता
पुस १३, २०७७ सोमबार   ३ : १७   बजे

बिबिसी/ इथियोपियाका दुई सैनिकले गत महिना रातको समयमा योजनाबद्ध ढङ्गबाट आफू बसेको क्याम्पमा गरिएको आक्रमणबारे बताएका छन्।

इथियोपियाको उत्तरी भेगमा रहेको राज्यको सरकारको नेतृत्व गरेको टिग्रे पिपल्स लिबरेसन फ्रन्ट टीपीएलएफले विश्वको ध्यान अमेरिकी निर्वाचनमा केन्द्रित रहेका बेला सङ्घीय सरकार अन्तर्गतको सुरक्षा बलले आक्रमण गर्ने आफूहरूको विश्वास रहेका कारण त्यसअघि नै आफूहरूले कदम चालेको बताएको छ। सञ्चार विच्छेदका कारण सङ्घ र प्रदेश सरकारबीचको यो द्वन्द्वबारे सही जानकारी प्राप्त गर्न कठिन भएको थियो।

घटनाबारे यी सैनिकको विवरणले इथियोपियाको सेनामा समेत जातीय विभाजनको अवस्था देखाउँछ। सेनाका केहीले टीपीएलएफलाई साथ दिएको बताइएको छ।

हुद्दा बुल्चा

म आडीग्राट सहर नजिकै रहेको क्याम्पमा थिए जुन इरिट्रियासँग सीमा नजिक छ। नोभेम्बर ३ तारिखमा रातको साढे ११ बजेतिर म र अन्य सैन्य अधिकारीहरूले सन्देश प्राप्त गर्‍यौँ।

करिब ३० किलोमिटर टाढा रहेका कमान्डरहरूको त्यो सन्देशमा आफूहरू घेरामा परेको र त्यहाँ आएर बचाउन सकिने अवस्था रहे आउन आग्रह गरिएको थियो।

त्यसको केही समयमै हाम्रो क्याम्प पनि घेरामा पर्‍यो। टीपीएलएफका फौजले घेरेका थिए। टिग्रे सेनाका केही अधिकारीहरू पनि उनीहरूसँगै उभिएका थिए।
हामी हतियार राखिएको कोठाको चाबी राख्ने कर्नेल कहाँ गयौँ र उनलाई कोठा खोल्न आग्रह गर्‍यौँ।

तर उनले आफूलाई त्यसका लागि निर्देशन नदिइएको भन्दै कोठा खोल्न अस्वीकार गरे। उनी टिग्रेका थिए जस कारण हामी माथिको आक्रमण गर्ने योजनामा सामेल रहेको आशङ्का थियो।

केही समय पछि हामीले हतियार प्राप्त गर्‍यौँ। तर त्यस बेलासम्म टीपीएलएफले हामी माथि आक्रमण सुरु गरिसकेको थियो।ढुङ्गा, ड्रम अनि पर्खाललाई ढाल बनाउँदै हामी क्याम्प बाहिर र भित्र तैनाथ भयौँ। रातको करिब १ बजेको थियो।

हामी र उनीहरूबीचको दूरी ५० मिटर भन्दा कम थियो। हामीले १०० भन्दा बढीलाई मार्‍यौँ। उनीहरूले हाम्रा ३२ साथी मारे।युद्ध करिब ११ घण्टासम्म चल्यो। वरिष्ठ अधिकारीहरूले युद्ध रोकेर आफ्नो कोठामा जान भनेसँगै हामीले त्यसै गर्‍यौँ। त्यसको केही समयमा पादरी र सहरका अग्रजहरू उपस्थित भए। उनीहरूले आत्मसमर्पणका लागि वार्ता गरे।करिब ४ बजे हामीसँग रहेका सेनाका सामाग्री टीपीएलएफलाई बुझाउन भनियो। हामीले त्यो पनि मान्यौँ।

त्यसपछि हामीलाई आफ्नो व्यक्तिगत सामान लिन भनियो र ट्रकमा चढ्न लगाइयो। हामीले घाइते साथीहरूलाई पनि साथै लियौँ। मृत्यु भएकाहरूलाई भने त्यही छाड्न बाध्य भयौँ।

”गलत नाम भनेँ”

टीपीएलएप फौजले हामीलाई १५० किलोमिटर दक्षिण पश्चिमतर्फ लगे जहाँ उनीहरूको एउटा आधार शिविर थियो।यसबीच घाइते सेनालाई चिकित्सकीय सहायता दिइएको थिएन।

त्यहाँ प्रत्येक बिहान हाजिर गराइन्थ्यो र हामीले आफ्नो नाम, जात अनि सेनामा आफ्नो भूमिका भन्नुपर्ने हुन्थ्यो। म झूटो नाम दिने गर्थे।यो मरुभूमि जस्तै स्थान थियो र यहाँ निकै गर्मी थियो। पिउनका लागि हामीसँग निकै कम मात्रामा पानी हुन्थ्यो।

‘बर्दी जलाइयो’

करिब दुई हप्ता पछि टीपीएलएफले हामीलाई तीन वटा विकल्प दियो।पहिलो उनीहरूसँग लाग्ने, दोस्रो टिग्रेमा सर्वसाधारणका रूपमा बस्ने र तेस्रो आफ्नो घर फर्कने। हामीले तेस्रो विकल्प रोज्यौँ।

तर वरिष्ठ कमान्डर, रेडियो अपरेटर, महिला सैनिक र ठूला हतियार प्रयोग गर्न सक्नेहरूलाई भने विकल्प दिइएन।हजारौँको सङ्ख्यामा रहेका उनीहरूलाई त्यही राखियो।

हामीलाई भने बर्दी खोल्न भनियो। हामीलाई मारे पनि बर्दी नखोल्ने हाम्रो अडान रह्यो।अन्तिममा एउटा सहमति भयो – हामीले बर्दी खोल्ने अनि अरूले त्यो प्रयोग नगरून् भनेर त्यसलाई जलाउने।

टीपीएलएफले बर्दी जलाउँदै गरेको दृश्य क्यामेरामा कैद गर्‍यो। उनीहरूले औँठी, घडी र पैसा जस्ता हाम्रा व्यक्तिगत सामाग्री पनि लगे।

अमलदार इब्राहीम हसन:

मैले सेनामा काम गरेको करिब ८ वर्ष भयो। म पनि आडीग्राटमा थिए तर अर्कै क्याम्पमा।

नोभेम्बर ३ को रात मैले रातको १० बजे देखि मध्यरातसम्म क्याम्पको चौकीदारी गरिरहेको थिए।

मध्यरातमा मैले गोली प्रहारको आवाज सुने। टीपीएलएफ सेनाले हामीलाई घेरिसकेका थिए। हामीमध्ये धेरैसँग भने हतियार समेत थिएन।

उनीहरूलाई हामीलाई आत्मसमर्पण गर्न भने। केही समय पछि हामीले त्यसै गर्‍यौँ।

टिग्रे क्षेत्र

तस्बिर स्रोत,GETTY IMAGES

नोभेम्बर ६ सम्म हामीलाई एउटा क्याम्पमा राखियो। त्यसपछि उनीहरूले हामीलाई अन्यत्रै लगे।

त्यहाँ हामीले सङ्घीय सरकारप्रति इमानदार रहेका प्रहरी, सेना र वायुसेनाका अधिकारीहरू भेट्यौँ।

हामीलाई विभाजन गरेर तीन समूहमा राखिएको थियो। त्यहाँ नुहाउनका लागि पानी थिएन। पिउन पनि निकै कम।

हामीलाई त्यहाँ गर्मीबाटै मर्नका लागि छोडे जस्तो लाग्थ्यो।

करिब तीन हप्ता पछि हामीलाई तीन विकल्प दिइयो। पहिलो, विवाहित र बालबच्चा भएको भए हामी सर्वसाधारण सरह टिग्रेमा बस्न पाउने, दोस्रो टीपीएलएफसँग आबद्ध हुने र तेस्रो त्यहाँबाट बाहिरिने। अधिकांशले तेस्रो विकल्प रोजे।

तर रेडियो अपरेटर, वरिष्ठ कमान्डर र ठूला हतियार प्रयोग गर्न जानेकाहरू भने त्यहीँ बस्न बाध्य भए।

‘गहना चोरियो’

म रेडियो अपरेटर हुँ। तर मेरो भूमिकाबारे झुट बोलेका कारण त्यहाँबाट उम्कन सकेँ।

हामी करिब ९,००० जना त्यहाँबाट निस्कन सफल भयौ। करिब ३ देखि ४ हजार त्यहीँ बसे।

टिग्रे क्षेत्र

तस्बिर स्रोत,AFP

तस्बिरको क्याप्शन,द्वन्द्व सुरु हुनु अघि सेनाले टिग्रेमा कृषकहरूलाई सहयोग गरिरहेको थियो

हामीलाई २८ वटा लरीमा राखेर लगियो। मरुभूमिको यो यात्रा निकै कष्टकर थियो।

सेनामै रहेका केही उद्धारको प्रयास नभएको भनेर दुखी छन्। तर स्थिति निकै कठिन थियो भन्ने उनीहरूले बुझेका छन्।

टिग्रेमा बिताएको आठ वर्षमा यस्तो होला भन्ने मैले कहिल्यै सोचेको थिइन।

एक हप्ता अघि मात्रै हामीले कृषकहरूलाई सलह धपानउ र बाली भित्राउन सहयोग गरेका थियौँ।

बिविसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group