ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ को मोरङ बाट कुन दलले कति सिट जिते


sharan sharan

काठमाडौं,२४ मंसिर, । मंसिर २१ गते भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा मोरङमा प्रतिनिधिसभाको तुलनामा प्रदेशसभामा बाम गठबन्धनले कम स्थानमा जित हासिल गरेको छ ।
प्रतिनिधिसभामा उत्साहजनक नतिजा ल्याएको बाम गठबन्धनले प्रदेशसभामा अपेक्षित रुपमा नतिजा आफ्नो पक्षमा पार्न नसकेको हो ।
प्रदेशसभातर्फ १२ सिट रहेको मोरङमा बाम गठबन्धनले ७ सिट जितेको छ भने कांग्रेसले ४ र संघीय समाजवादी फोरमले १ सिट जितेको    छ ।बाम गठबन्धनको तर्फबाट मोरङमा एमालेले ५ र माओवादीले २ स्थानमा जितेको छ ।
मोरङ क्षेत्र नम्वर १ अन्तरगत ‘क’ र ‘ख’ मा क्रमशः माओवादीका कूलप्रसाद साम्बा र एमालेका उपेन्द्र घिमिरेले विजय प्राप्त गरेका छन् ।
दुवै जना बाम गठबन्धनका उम्मेदवार हुन् । साम्बाले १९ हजार ५ सय ५४ र कांग्रेसका ललित अधिकारीले १५ हजार २ सय ६३ मत ल्याएका थिए ।
यस्तै, ‘ख’ मा एमालेका घिमिरेले १७ हजार १ सय १७ र प्रतिस्पर्धी कांग्रेसका ईश्वरी कोइरालाले १४ हजार ३ सय १० मत ल्याए ।
क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’ मा कांग्रेसका शिवनारायण गनगाई र एमालेका लिलाबल्लभ अधिकारीले विजय प्राप्त गरेका छन् । गनगाईले माओवादीका नेता गणेशप्रसाद उप्रेतीलाई पराजित गरेका हुन् भने अधिकारीले कांग्रेसका घणिन्द्रबहादुर कुँबरलाई पराजित गरेका थिए ।
प्रदेशसभा ‘क’ मा गनगाईले १४ हजार २ सय ४६मत ल्याउँदा माओवादीका गणेश उप्रेतीले १३ हजार २ सय ८८ मत प्राप्त गरेका थिए । ‘ख’ का उम्मेदवार अधिकारीले १८ हजार ३ सय ८६ मत ल्याउँदा कुँबरले १७ हजार १ सय २७ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ३ को ‘क’ र ‘ख’ मा क्रमशः कांग्रेसका सूयर्मा राज राई र एमालेका राजकुमार ओझाले विजय प्राप्त गरेका छन् । राईले माओवादीकी नेतृ गीता तिम्सिनालाई ९ सय मत अन्तरले पराजित गरेका थिए ।
तिम्सिनाले १९ हजार ३ सय ९९ मत ल्याउँदा राईले २० हजार २ सय ९९ मत प्राप्त गरे । ओझाले भने कांग्रेसका ललित बहादुर श्रेष्ठलाई २ हजार ५ सय ३३ मतअन्तरले पराजित गरेका हुन् । ओझाले २२ हजार ८ सय २० र श्रेष्ठले २० हजार २ सय ८७ मत प्राप्त गरेका थिए ।
मोरङ क्षेत्र नम्बर ४ को ‘क’ र ‘ख’ मा क्रमशः माओवादीका उम्मेदवार विजय विश्वास र एमालेका जीवन घिमिरे विजयी भएका छन् ।
विश्वासले १८ हजार २ सय ८९ मत ल्याएर प्रतिस्पर्धी कांग्रेसका भक्तिनाथ माझीलाई ३ हजार ६६ मतको अन्तरले हराएका थिए ।
प्रदेशसभा ‘ख’ का घिमिरेले १३ हजार ८ सय ५ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ रिजालले ११ हजार ६ सय २५ मत प्राप्त गरेका छन् । मोरङको क्षेत्र नम्बर ५ को क र ख मा क्रममा एमालेका ज्ञानेश्वर राजवंशी र संघीय समाजवादी फोरमका जयराम यादव विजयी भएका छन् ।
राजवंशीले कांग्रेसका शुकदेवप्रसाद मण्डललाई पराजित गरेका हुने । राजवंशीले १२ हजार ८ सय ६१ मत ल्याउँदा मण्डलले भने ८ हजार ८ सय २८ मत प्राप्त गरेका थिए ।
मोरङकै क्षेत्र नम्बर ६ को दुवै प्रदेशसभामा भने कांग्रेसका चुमनारायण तबदार र केदार कार्कीले विजय प्राप्त गरेका छन् । तबदारले माओवादीका उम्मेदवार जीवन आचार्यलाई र कार्कीले एमालेका रमेशप्रसाद पोखरेललाई पराजित गरेका थिए । तबदारले २३ हजार ५ सय १३ मत ल्याउँदा आचार्यले २१ हजार ४ सय ७० मत प्राप्त गरे ।
प्रदेशसभा ‘ख’ मा भने कार्कीले ११ हजार २ सय ९८ मत ल्याउँदा पोखरेलले ८ हजार १ सय २० मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा मोरङ २ नम्बर निर्वाचन बाहेकका अन्य निर्वाचन क्षेत्रमा बाम गठबन्धन हावी भएको छ ।
नेपाली कांग्रेसले मोरङ २ बाहेक अन्य क्षेत्रबाट जनमत गुमाउनु परेको छ ।
मोरङ २ मा नेपाली काग्रेसका डा। मिनेन्द्र रिजाल विजयी भएका छन् । उनले एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेका हुन् । पोखरेल पूर्व सभासद् समेत हुन् ।
प्रतिनिधिसभातर्फ ६ सिट रहेकोे मोरङमा ३ स्थानमा एमाले र २ स्थानमा माओवादीले जित निकालेको छ । मोरङको १, ३ र ६ मा क्रमशः एमालेका घनश्याम खतिवडा, भानुभक्त ढकाल र लालबाबु पण्डित विजयी भएका छन् ।
माओवादीतर्फ मोरङ ४ र ५ मा क्रमशः शिवकुमार मण्डल र अमनलाल मोदीले जित हात पारेका छन् । यस पटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेविवेटका नेताहरु पराजित भएका छन् ।
क्षेत्र नम्बर ५ बाट एमालेका लालबाबु पण्डितले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई पराजित गरेका छन् । मोरङ ४ बाट पूर्व अर्थमन्त्री एवं काग्रेस नेता महेश आर्चाय माओवादीका अमनलाल मोदीसँग पराजित भएका छन् ।

मोरङ ५ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सभासद् अमृत अर्याल माओवादी नेता एवं विनाविभागिय मन्त्री शिवकुमार मण्डलसँग पराजित भएका छन् ।

मोरङ १ मा कांग्रेसका जिल्ला सभापति एवं पूर्व सभासद् डिकबहादुर लिम्वु एमालेका घनश्याम खतिवडासँग पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com