ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानको पीडा : सातवर्ष भयो चारलाख लिन बाँकी, पैसा नपाएपछि हामी बालबच्चालाई कसरी कापीकलम दिने ?


एबीसी / संवाददाता

काठमाडौँ, १ पुस । चिनी उद्योगले खरिद गरेको उखुको भुक्तानी नदिएपछि यतिबेला उखु किसानहरु काठमाडौँको माइतीघरमा धर्ना दिइरहेका छन् । सर्लाही रामनगर गाउँपालिका–१ का वयोवृद्ध किसान गगनदेव यादव पनि त्यहीँ भेटिनुभयो ।
उमेरले ७० वर्षका उहाँ छातीमा पोस्टर झुण्ड्याएर चिसो सडकमा पलेँटी कसेर बस्दैहुनुहुन्छ । अन्नपूर्ण सुगर मिलले खरिद गरेको उखुको भुक्तानी नपाएपछि सरकारले पहल गरिदेओस् भनी आन्दोलनमा आएको उहाँले सुनाउनुभयो ।
उहाँले सर्लाहीमा दुई बिगाहा जमिनमा उखु खेती लगाउनुभएको छ । नगद आम्दानीको एक मात्र स्रोत यही उखु खेती भएको बताउँदै उहाँले भन्नुभयो, ‘चार लाख रुपियाँ लिन बाँकी छ । २०७० सालदेखिको आज दिन्छु, भोलि दिन्छु भन्ने भाका कुर्दा कुर्दै यत्रो समय बित्यो । कहिले दशैँमा दिन्छु भन्छन्, छठमा दिन्छु भन्छन् । तर पैसा पाइनँ ।’
‘हामी उखु उधारोमा बेच्छौँ तर चिनी नगदमा बिक्री हुन्छ । हामीलाई आफ्नो उखुको मूल्य तिर्न किन यति आनाकानी ?’ उहाँले दुखेसो पोख्नुभयो ।
२०७२ सालमा कृषि विकास बैंकबाट दस लाख रुपियाँ ऋण लिएको उहाँले सुनाउनभयो । उहाँले भन्नुभयो, ‘बैंकले सूचना निकालिरहन्छ । तिर्न नसके मेरो घरजग्गा नै लिलाम गर्छ ।’‘गाउँमै पनि चिनी उद्योग हामीलाई कहिल्यै सुनेन । त्यसैले सरकारले हामीलाई आफ्ना उखुको मूल्य दिलाउन सहयोग गरोस् भनी बिन्ती गर्न यहाँ आएको हो ।’ उहाँले भन्नुभयो ।

दस जना नातिनातिनीलाई खुवाउने र पढाउने सबैको भर यही उखु खेती भएको यादवले बताउनुभयो । ‘त्यही पैसा पनि समयमा नपाएपछि हामी बालबच्चालाई कसरी कापीकलम दिने ?’ उहाँले प्रश्न गर्नुभयो ।

उखुको पैसा पाए सधैँ बर्खामा डुबिरहने बासलाई सुरक्षिँत बनाउने उहाँको आशा छ । यादवले भन्नुभयो, ‘अझै मेरो घरअगाडि पानी छ । नातिनातिनीहरु पानीमा डुब्ला भन्ने ठूलो चिन्ता छ । पैसा आए बासको व्यवस्था पनि गर्न सकिन्थ्यो ।’

गाउँमा वडाध्यक्ष, सांसद, नेता सबैलाई भन्दा पनि समस्या समाधान नभएको उहाँको गुनासो छ । उखु किसानले पटक पटक गरेको आन्दोलनमा उहाँ काठमाडौँ आउनुभएको छ । अब भने उधारो सहमति गरेर नजाने उहाँलगायत किसानको अडान छ ।
‘जति दिन लागोस्, म यहीँ बस्छु । भुक्तानी नलिई त घर फर्किन्नँ । आन्दोलन गरी पनि पैसा नलिई घर गए गाउँमा बेइज्जत हुन्छ मेरो ।’ उहाँले सुनाउनुभयो ।

अहिले किसानहरुको नेतृत्व गरी काठमाडौँ आउनुभएका उखु किसान संघर्ष समितिका संयोजक रामस्वार्थ रायका अनुसार गत वर्षको माघ ७ गतेसम्म भुक्तानी दिने भनी गरिएको सम्झौला चिनी उद्योगहरुले कार्यान्वयन गरेनन् । चैतसम्म पनि सबै भुक्तानी नपाएपछि गत चैत ६ गते पनि किसानहरु काठमाडौँ आएका थिए । संयोजक यादवका अनुसार त्यतिबेला कोरोना संक्रमण र लकडाउनका कारण चैत ८ गते नै किसानहरु फर्किए । अब भने भुक्तानी नपाई किसानको आन्दोलन नरोकिने रायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com