ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिकायत नआउने ढङ्गबाट काम गर्नुस् : प्रमुख आयुक्त


admin

काठमाडौँ, ७ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्तामा देखिएको सहभागिता उच्च प्रशंसनीय रहेको बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनमा सुक्ष्म अनुगमनकर्ता अभिमुखीकरणको निर्वाचन आयोग परिसरमा आज शुभारम्भ गर्दै उहाँले भन्नुभयो– “उम्मेदवारी मनोनयन दर्ता निकै शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।”

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा यहीँ असार १४ गते हुने दोस्रोचरणको स्थानीय तह निर्वाचनका लागि करिब ६३ हजारले उम्मेदवारी दिएका छन् ।

निर्वाचन प्रचारप्रसारको क्रममा हुनसक्ने आचारसंहिता उलङ्घन र पैसाको चलखेलका गतिविधि रोक्न गहिरो निगरानी राखेर सूचना सङ्कलन गरी उपलब्ध गराउन निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “राजनीतिक दलका नेतासँग समदुरी कायम गरी आयोगको अभिन्न अङ्गको रुपमा सिकायत नआउने ढङ्गबाट काम गर्नुस् ।”

निर्वाचनका लागि स्वच्छ, स्वतन्त्र र भयरहित वातावरण बनाउन सुक्ष्म अनुगमनकर्ताको महत्वपूर्ण भूमिका र जिम्मेवारी हुने बताउँदै उहाँले आफू खटिएको स्थानको निर्वाचनको वातावरणको अध्ययन विश्लेषण गरी भयरहित वातावरणमा नमुना कायम गर्ने ढङ्गबाट काम गर्न सुझाव दिनुभयो ।

दोस्रोचरणको निर्वाचनमा मतदाताको अधिक सहभागिता जुटाउने जिल्लामा निर्वाचनमा खटिने कर्मचारीलाई पुरस्कृत गरिने घोषणा गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले सुक्ष्म अनुगमनकर्तालाई आयोगका आँखा र कानको रुपमा काम गर्न निर्देशन पनि दिनुभयो ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आयोगले विशेष जिम्मेवारी दिएर खटाएका सुक्ष्म अनुगमन कर्ताले दैनिक कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभयो । दोस्राचरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ ।

निर्वाचनका हिसाबले संवेदनशील मानिएका स्थानीय तह अन्तर्गतका नगरपालिका र गाउँपालिकामा आयोगले उपसचिव र शाखा अधिकृतस्तरका ७५ कर्मचारीलाई सुक्ष्म अनुगमन कर्ताको जिम्मेवारी दिएर खटाएको हो ।

आयोगका पदाधिकारीका अतिरिक्त प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँग समन्वयमा रहेर काम गर्ने जिम्मेवारी रहेका सुक्ष्म अनुगमनकर्तालाई उम्मेदवार, राजनीतिक दल र सञ्चार माध्यमसँग आफनो परिचय खोल्ने अधिकार हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com