ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वपत्नीविरुद्ध मुद्दा हाल्ने तयारीमा मनोज गजुरेल !


एबीसी / संवाददाता

चर्चित हाँस्यकलाकार मनोज गजुरेलको करिब ३ बर्षअघि पूर्वपत्नी मिना ढकालसँग डिभोर्स भैसकेको थियो । तर मिनाले बारम्बार अन्तवार्ताहरुमा मनोजलाई विभिन्न आरोप प्रत्यारोप लगाउँदै आएकी छिन् । उनले मनोजलाई गाली बेइज्जती गर्ने क्रम रोकेकी नै छैनन् । अझ मनोजले केहीसमय अघि आफूले दोस्रो विवाह गर्ने तयारी गरिरहेको बताएपछि मिनालाई आगो बलेको छ । त्यसपछि उनले अन्तवार्ताहरुमा मनोजका बारेमा अफवाह फैलाइरहेकी छिन् ।

यसबारे मनोजले बल्ल आफ्नो प्रतिक्रिया दिएका छन् । मनोजले आफूले अहिलेसम्म सहेर बसेको तर अब भने मिनाले आफ्नो सारा हद पार गरेकाले अब कानूनी प्रक्रियामा जाने सोच रहेको बताएका छन् । पूर्वश्रीमतीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्‍याएको उनको गुनासो छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफ्नो गुनासोहरु पोखेका छन् ।

https://www.facebook.com/majurel/posts/4151014131579558

गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।’

छोरीको भागमा परेको अंश फिर्ता गर्नेबाहेक आफूहरूबीच कुनै लेनदेन बाँकी नरहेको मनोजको भनाइ छ । डिभोर्सपछि आमासँग छोरी र बाबुसँग छोरा बस्ने सहमति भएको थियो । तर मनोजको भनाई अनुसार डिभोर्सको भएको ८ महिनामै आमासँग बस्न नसकेर छोरी बाबुसँगै बस्न आएकी छिन् । डिभोर्स गर्दा मनोजले मिनालाई एक करोड ३० लाख रुपैयाँ दिएका थिए, जसमध्ये ६५ लाख छोरीको लागि थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

सम्बन्धित

शिक्षामन्त्री पुनले दिए राजीनामा

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

कांग्रेसमा टिकट पर्वः रामहरिको खोसियो, शशंका आउट, सिन्धुलीमा पनि फेरियो

गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने, अझै केही क्षेत्रको तानातान बाँकी

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com