ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मिस नेपाल वर्ल्ड २०२०’को विजेता बनिन् नम्रता श्रेष्ठ


एबीसी / संवाददाता
मंसिर २१, २०७७ आईतबार  ९ : २३ बजे

काठमाडौं, २१ मंसिर । ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छन्।आयोजक संस्था हिडेन ट्रेजरले नेपाल शनिवार काठमाडौंको पार्क भिलेज होटलमा आयोजना गरेको ग्रान्ड फिनालेमा उपाधी विजेता घोषणा गरिएको हो।उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्।

समाजशास्त्रमा स्नातकोत्तर काठमाडौंकी २२ बर्षीया श्रेष्ठ पेशाले किन्डर गार्डेनकी शिक्षिका समेत हुन्।अन्तिम राउन्डका ६ प्रतिस्पर्धालाई यस्तो प्रश्न गरिएको थियो ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ?’ सो प्रश्नमा नम्रताले आफ्नो आमालाई सम्झँदै नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको भन्दै उनले त्यसकै आधारमा संसारलाई जिन्त सकिने बताएकी थिइन्।मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन।

मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन्।

यसैगरी प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाएकी छन। उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार पाएका छन।गत अप्रिलमा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण लकडाउन भएपछि रोकिएको थियो।सरकारको मापदण्डअनुरूप सुरक्षाविधि अपनाएर आयोजक संस्थाले प्रतियोगिता सम्पन्न गरेको छ।यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए, जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए। यस पटकको प्रतियोगिताका लागि काठमाडौंबाहिर पोखरा, चितवन र भैरहवासहित आठ सहरमा अडिसन लिइएको थियो।

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन। आज गरिएको प्रतियोगिता २५औँ हो। सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन।

हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए। उनले तीन हप्ताको भर्चुअल तालीम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालीम प्रदान गरिएको जानकारी दिए। प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो। यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो। ती पुरस्कारको राशि रु २५ हजार रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com