ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना विरुद्धको खोप बन्यो : अमेरिकाका नागरिकलाई अर्को महिनादेखि खोप दिइने


एबीसी / संवाददाता

काठमाडौं, ८ मंसिर । अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ । कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने जानकारी दिनुभएको बीबीसीले जनाएको छ । डाक्टर सलोइले खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गरिने जानकारी दिनुभएको हो ।

अमेरिकामा कोेरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा डाक्टर सलोइको यो भनाइ आएको हो । अमेरिका कोरोना सङ्क्रमणका हिसाबले विश्वमा पहिलो नम्बरमा रहेको छ । अमेरिकामा अहिलेसम्म एक करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन । पछिल्लो तथ्याङ्क अनुसार त्यहाँ २ लाख ६२ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति लिन गएको शुक्रबार आवेदन दिएको छ । अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ या छैन भनेर निर्धारण गर्नेछ ।

यसका लागि एफडीएलाई कति समय लाग्ने भन्ने बारेमा यकिन भइसकेको छैन । यसअघि यो खोपको परीक्षणको क्रममा ६५ वर्षभन्दामाथिको उमेर समूहका ९४ प्रतिशतमा प्रभावकारी देखिएको थियो । यस खोपको परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com