ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने छठ पर्वको रौनक


एबीसी / संवाददाता

छठ माए अएलीह दुरिया सजाओल हे
पोखरी खना सजाओल हे

तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने रौनकता छाएको सन्देशमूलक यो गीत अहिले यत्रतत्र गुञ्जायमान छ । हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने सेतुका रूपमा स्थापित भइसकेको छठ पर्वका लागि यस पटक कोरोना सङ्क्रमण कहरबीच नदी र पोखरीमा घाट निर्माण र सजावटको कार्य अन्तिम चरणमा पुगिसकेको सन्देश यो गीतले दिइरहेको छ ।

मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्दा सन्तान प्राप्ति, निरोगिता, सुख समृद्धि र चर्मरोग जाति हुने जनविश्वास अनुरूप यो पर्व कुनै समय प्राचीन मिथिला भू–भागभित्र मात्र प्रचलित रहेकोमा कालान्तरमा देश–देशान्तरसम्म विस्तार हुँदै गएको पाइन्छ ।

सूर्य पूजाको परम्परा सबै सभ्यता, धर्म, समुदाय र युगमा पाइन्छ । बेबिलोनका निवासीले सूर्यलाई अपोलो, जापानीले इजानागी र इजानामीलाई आदि पुरुष र आदि नारी मान्ने गर्दछन् र यी आदि पुरुष, आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् भने मिश्र सभ्यतामा एटम अथवा रे भनी सूर्यको पूजा गर्ने गरिन्छ ।

मानवलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै भएकाले स्वभावतः मानव सूर्यप्रति आकर्षित भई सूर्य आराधनाको क्रम शुरू भएको मान्यता पाइन्छ । छठ पूजामा छठीमाईको पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण रूप मानिन्छ । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा आस्थाको महापर्वको स्थान ग्रहण गरेको देखिन्छ ।

सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ । ऋग्वेदमा भनिएको छ, “हे आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देऊ, वरदान देऊ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकौँ ।” सूर्योपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ । यतिमात्र होइन यस ग्रन्थमा सूर्यलाई जगत्को पति भनी सम्बोधन पनि गरिएको छ ।

यो पर्व कबुला ९भाकल० गरेअनुसार गरिन्छ, भाकल नगरी यो व्रत गरिँदैन । भाकल पनि अनेक प्रकारले गरिएको पाइन्छ । कसैले अरूको हातबाट अघ्र्यदान गराउने भाकल गरेका हुन्छन भने कसैले आफँै व्रत गर्ने भाकल गरेका हुन्छन् । यस्तै एउटा अघ्र्य चढाउनेदेखि जोडा अघ्र्यका साथै पूर्णप्रति अघ्र्यदान गर्ने समेत भाकल गरिएका हुन्छन् ।

यसमा कोसिया, कुरबार, छिट्टा, अघ्र्य इत्यादि सबैथोक दुई–दुई प्रति चाहिने हुन्छ । यस्तै माटोका हात्तीमाथि अघ्र्य चढाउने, आँगनमा तथा घाटमा आँचलमाथि नटुआनाच गराउने, बाजा बजाएर अघ्र्यदान गर्ने, भीख मागेर छठ गर्ने भाकल पनि गर्ने गरिएको पाइन्छ । त्यस्तै साधारणतः अघ्र्य दिने, पानीमा उभिने, घरदेखि घाटसम्म आफूलाई दण्ड दिँदै जाने तथा पानीमा उभिनेजस्ता भाकलसमेत गरिएको देखिन्छ । यस्ता भाकल एक वर्षका लागि गर्नुका साथै पाँच वर्ष, दश वर्ष अथवा आजीवन समेतका लागि गरिने गरिएका हुन्छन् ।

बर्तालुले शरीर शुद्धि गर्न नुहाई भोकै अन्नजल नलिइकन बस्ने दिनलाई खरना भनिन्छ । यो दिन दिनभरि शरीर खारिने हुनाले यसलाई खरना भनिन्छ । राति देउतालाई चढाएर खिर खाइन्छ । परिवारजनले यसलाई प्रसाद भनी ग्रहण गर्छन् । अर्को दिन बर्तालु अन्न र जलबिना उपवास गर्छन् र साँझपख जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई घर फर्की बिहानीपख उदाँउदो सूर्यलाई अघ्र्य दिई उपवास तोडछन् । यसलाई पारण भनिन्छ । संयोगवश कुनै बेला हुस्सु लागेर सूर्योदय हुन ढिलाइ हुँदा बर्तालु सूर्यको प्रार्थना गर्दै गाउँछन् ः

आन दिन त उगलह हे दीनानाथ भोरे भिनसरवा
आजुक दिनमा हे दीनानाथ कतए लागल बेर।।।।।।

अर्थात् हे दीनानाथ अन्य दिन त बिहानै उदाउनुहुन्थ्यो तर आज किन यत्रोबेला भइसक्दा पनि उदाउनुभएन रु गीतको लामो शृङ्खला चल्छ । मूलतः छठ गीतमा पर्वको विशिष्टता, पवित्रता र भक्तिभाव प्रदर्शित गरिएको हुन्छ भने अर्कोतिर पर्व गर्न नपाउने बाँझीहरूको पीडा पनि अभिव्यक्त भएको हुन्छ । छठ पर्वको पवित्रतासँग सम्बन्धित एउटा गीतमा अघ्र्यका लागि राखिएको केराको घरीमाथि उडिरहेको सुुगालाई हकार्दै यसरी भनिएको छ ः

उजे केरबा फरल घओंद से
आइ पर सुगा मरडाए
उजे मारबौ रे सुगबा धनुख से
सुगा गीरे मुरिछाए
उजे सुगनी जे रोअले वियोग से
आदित होख न सहाए।।।

अर्थात् केरालाई नछोऊ है, जुठो नबनाऊ । नत्र धनुषवाणले मार्नेछौँ, तिम्री सुगिनी वियोगले छटपटिन थाल्नेछिन्, फेरि सूूर्यलाई नै गुहार्नेछिन्– हे सूर्य सहायता गर । त्यस्तै बाँझी महिलाले यो व्रत गर्न नसकेकोमा दीनानाथ ९सूर्य० सँग दुखेसो यसरी पोख्ने गर्छिन ः

गहबर निपिते हो दीनानाथ
तरहथिया गेल खिआए
धूपबो जे दैत हो दीनानाथ
चुटुकियो गेल कटाए
तैयो ने छुटल हो दीनानाथ
बझिंनिया परधान ।।।।।।।।।।।।।। ।

अर्थात् तिम्रो मन्दिरमा पूजा अर्चना गर्दागर्दे थाकी सकेँ तर बाँझी पद मैले छुटाउन सकिनँ । यस पर्वमा जीव र जगत् एकाकार भई दुवैको शक्ति मिलेर एउटा नयाँ शक्ति, ऊर्जा र ओजले यस पर्वमा नयाँ आकार ग्रहण गरिरहेको हुन्छ । प्रकृतिमा अजस्र शक्ति भएको र सम्भवतः यो चमत्कार बर्तालुको कठोर तपस्या, शुद्धता र पवित्रताले कारणले पनि हुनुपर्छ । अतः यो प्रकृतिबाट गृहिणीले आफ्ना सन्तान, पति, परिवारजनलाई शुभशक्ति, शान्ति, सुमङ्गल हस्तान्तरण गर्ने शक्तिशाली पर्व पनि हो ।

यस पर्वको तेस्रो दिनअर्थात् षष्ठीलाई पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यो दिन बिहानैदेखि चामल र पिठोको ठेकुवा, कसारलगायत परिकार पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरिका मिठाइ, उखु, अदुवा, नरिवल, मुला, सुथनीलगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो र सुप्पो राखी शुद्ध जल र गाईको दूधसहित बर्तालु परिवारसहित नजिकका जलाशयमा जान्छन् र बर्तालुुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । भोलिपल्ट सप्तमीका दिन बर्तालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पहापर्वको महायात्रा सम्पन्न भएको मानिन्छ ।

वैज्ञानिक दृष्टिकोणले छठअन्तर्गत उपवास, सरसफाइ र विशेष अनुशासनले मस्तिष्कलाई निविर्षीकरण ९डिटोक्सिफीकेशन० मा टेवा पुर्याउँछ, आधा शरीर पानीमा डुबाई उभिनुले प्राप्त शक्ति बाहिर आउनमा कमी आउनु र शक्ति मस्तिष्कमा केन्द्रित रहनु, कस्मिक शक्तिले आँखाको रेटिना र छालाको माध्यमले पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थीमा प्रवेश गर्नु, कस्मिक शक्तिले निष्क्रिय तन्तुलाई सक्रिय पार्ने मान्यता पाइन्छ । वैज्ञानिक रूपले सूर्योदय र सूर्यास्तको बेला मानव सुरक्षिततवरले सौर्य शक्ति प्राप्त गर्न सक्ने तथ्य रहेको छ ।

प्राध्यापक डा पशुपतिनाथ झाका अनुसार खेतीपाती र लोकजीवनसँग गहिरो सम्बन्ध, सांस्कृतिक समन्वय र सामाजिक सद्भावको मियोका रूपमा रहेको यो पर्व कर्मशीलता प्रदर्शनको पनि पर्व हो, यसले धार्मिक समन्वय र सहिष्णुताको कार्य पनि गरेको छ । छठ पर्वलाई आरोग्य र उन्नतिदायक पर्व पनि भनिन्छ । यसमा पुजिने सूर्य र जल दुवै आदि शक्ति हुन् । त्यसैले छठ पर्वले आरोग्य र विशेषगरी चर्मरोगबाट मुक्ति मिल्ने विश्वास पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com