ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभरी तीन करोड ४० लाख मानिस कोरोना सङ्क्रमणमुक्त


एबीसी न्यूज

काठमाडौं, १८ कात्तिक ।  कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६० हजार २४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका हुन् ।

तर कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भने १२ लाख १२ हजार ११६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल चार करोड ७३ लाख ६३ हजार ९८५ जना सङ्क्रमित भएका छन् ।

कुल सङ्क्रमितमध्ये एक करोड २० लाख ९१ हजार ६२८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

अहिले पनि सङ्क्रमित अवस्थामै रहेकामध्ये झण्डै ९९ प्रतिशत अर्थात् एक करोड २० लाख चार हजार ९५७ जना मध्यम अवस्थामा रहेका छन् भने झण्डै एक प्रतिशत अर्थात ८६ हजार ६१७ जनाको अवस्था गम्भीर रहेको छ ।

सङ्क्रमित र मृतकहरुको सङ्ख्याका आधारमा हेर्दा अमेरिका सवैभन्दा बढी प्रभावित देखिएको छ । अमेरिकामा अहिलेसम्म कूल ९५ लाख ६७ हजार ५४३ जना सङ्क्रमित हुँदा कूल दुइ लाख ३६ हजार ९९७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा अहिलेसम्म कुल ८२ लाख ६७ हजार ६२३ जना सङ्क्रमित भएका छन् भने एक लाख २३ हजार २३९ जनाको मृत्यु भएको छ ।

तेस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा अहिलेसम्म एक लाख ६० हजार २७२ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ५५ लाख ५४ हजार २०६ जना सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरसबाट रुसमा अहिलेसम्म १६ लाख ७३ हजार ६८६ जना सङ्क्रमित भएका छन् भने २८ हजार ८२८ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट प्रभावित भएका मुलुकहरु मध्ये रुस चौथो अग्रपंक्तिमा पर्दछ ।

पाँचौँ अग्रपंक्तिमा रहेको फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ३७ हजार ४३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट अहिलेसम्म १४ लाख ६६ हजार ४३३ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी स्पेन, अर्जेन्टिना, कोलम्बिया, बेलायत र मेक्सीको कोरोनाभाइरसबाट प्रभावित अग्र १० देशमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com