ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेप्टेम्बरमा डिभी भिसा पाएका नेपालीलाई एयरपोर्टबाट फर्काइदै


ABC NEWS
कार्तिक ३, २०७७ सोमबार  ९ : १४ बजे

आश्विन २९, २०७७ बिहीबार/

सेप्टेम्बरका डाइभर्सिटी भिसा पाएका केही नेपालीहरु अक्टोबरमा नै अमेरिका आउन खोज्दा काठमाडौं विमानस्थलबाट नै फर्काइएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश डिसेम्बर ३१ सम्म नै लागु हुने भएकाले अप्रिल २३ पछि नयाँ भिसा पाएका डिभीवाहकहरु डिसेम्बर ३१ अगाडि नै अमेरिका आउन नसक्ने प्रावधान छ ।

तर अप्रिल २३ भन्दा अगाडि नै डाइभर्सिटी भिसा पाएकाहरु वा अप्रिल २३ भन्दा अगाडि नै भिसा पाएर भिसाको अवधि सकिएर पुन नविकरण गरेकाहरु भने डिसेम्बर अगाडि पनि आउनसक्ने जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिभी २०२० का विजेताहरुलाई भिसा पाउनमा रोक लगाएपनि अदालतको आदेशपछि सेप्टेम्बरमा केही डिभी विजेताहरुलाई भिसा जारी गरिएको थियो ।

सेप्टेम्बरमा आफूहरुले डिभी २०२० का नेपाली विजेताहरुलाई सकेजति भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । तर अपवादमा परेकोबाहेक अन्य डिभी विजेताहरु डिसेम्बर ३१, २०२० भन्दा अगाडि अमेरिका आउन नसक्ने अमेरिकी सरकारको विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

सामान्यतया मेडिकल जाँचको प्रमाणपत्रको म्याद सकिंदा नै ६ महिने आप्रवासी भिसाको म्याद सकिने भएकाले दूतावासले भिसा जारी गर्नु अगाडि नयाँ मेडिकल जाँचको प्रमाणपत्र प्रदान गर्न विकल्प दिएको थियो । सेप्टेम्बरमा जसजसले डाइभर्सिटी भिसा पाएका छन्, वर्तमान अवस्था अनुशार उनीहरु जनवरीमा यात्रा गर्नसक्नेछन् । सामान्यतया उनीहरुको भिसा मार्च सम्म नै अद्यावधिक हुन्छ ।

ट्रम्पको कार्यकारी आदेशपछि जारी भएका तर डिसेम्बर ३० अगाडि नै म्याद सकिने २०२० का भिसा भएका डिभी विजेताहरु अपवादमा नपरेको खण्डमा अमेरिका आउनसक्ने छैनन् । सन् २०२० को डिभी जारी गर्ने म्याद सेप्टेम्बर ३० मा नै समाप्त भइसकेको छ । २०२१ का डिभी विजतालेहरुले आगामी जनवरीपछि भिसा पाउन सक्नेछन् ।

नियमित भिसा सेवाका लागि दूतावास अझै पनि बन्द रहेको दूतावासले जनाएको छ । आफूहरुले अझै पनि रिटर्निंग रेसिडेन्स भिसा प्रकृयामा लैजान नसकेको दूतावासको भनाई छ । ग्रिनकार्डमा नेपालमा गएर महामारीका कारण १ बर्षभित्र फर्कन नसकेका र २ बर्षको ट्राभल डकुमेन्टमा नेपाल गएर सोही अवधिभित्र अमेरिका फर्कन नसकेकाहरुले यो भिसाका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ ।

विद्यार्थी र भिजिटर भिसाका आवेदनहरु पनि प्रकृयामा लैजान नसकेको दूतावासले जनाएको छ । कहिले खुल्छ भन्ने अहिले नै भन्न नसकिने तर त्यसबारेमा अपडेट गर्दै जाने दूतावासको भनाई छ । नियमित भिसा सेवा संचालनका लागि अन्य कैयन महिना लाग्ने दूतावासले जनाएको छ ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको जनाएको छ ।

उनीहरुले गत अक्टोबरको २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेका थिए । गत जुन ६ मा डिभी लोटरीको नतिजा आएको थियो ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो रहेको छ । सबैभन्दा धेरै डिभी विजेताहरु इरानका ६ हजार १ जना रहेका छन् । सन् २०२१ का लागि विश्वमै सबैभन्दा धेरै डिभी विजेताहरु भने इजिप्टका ६ हजार २ जना रहेका छन् । त्यस्तै अल्जेरियाका ६ हजार १ जना र सुडानका ६ हजार १ जना रहेका छन् ।

युरोपमा भने रसियाका ६ हजार १, युक्रेनका ५६ सय ०४ र अल्बानियाका ३९ सय ६२ जनाले डिभी लोटरी पारेका छन् । रोचक त के छ भने इरान, अल्जेरिया, सुडान र रसियाका नागरिकलाई एउटै संख्यामा अर्थात् हरेक देशका ६ हजार १ लाई डिभी लोटरी परेको छ ।

सन् २०२१ का लागि नर्थ कोरियाका ३ जनालाई डिभी लोटरी परेको छ । बु्रनाईका १ जनालाई डिभी परेको छ भने एकजनालाईमात्र डिभी लोटरी परेका अन्य देशहरु झण्डै आधादर्जन छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com