
काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन भनेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समुहका मानिसहरुलाई घरबाहिर ननिस्कन आग्रह गर्नुभएको हो ।
यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका विरामी र क्यान्सर रोगीहरूलाई समेत मन्त्रालयले केही दिन घरमै बस्न आग्रह गरेको छ। पछिल्लो समय काठमाडौं, पोखरा लगायत सहरी क्षेत्रमा संक्रमणसँगै जोखिम बढेको मन्त्रालयले जनाएको छ। साथै घरबाट बाहिर निस्कनु परेमा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ।शुक्रबार देशभर हालसम्मकै धेरै संक्रमित देखिएका छन्। मन्त्रालयका अनुसार शुक्रबार २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो।








प्रतिक्रिया दिनुहोस्