ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै, कहाँ कति  सूचिसहित


एबीसी न्यूज

गलेश्वर, २ असोज । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको त्राससँगै स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै गएको छ । प्रदेश भर ५४ जना स्क्रब टाइफस देखिएको छ । यता म्याग्दी जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी मङ्गला गाउँपालिकाकामा ३० जनामा डेंगुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी रघुगङ्गामा छ, अन्नपूर्णमा चार, मालिकामा तीन र धवलागिरी गाउँपालिकामा दुई तथा बेनी नगरपालिकामा २९ जनामा डेंगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँले जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणको समस्या देखिएपछि बिरामीको नमूना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा डेंगु नै पुष्टि भएको जानकारी दिनुभयो ।

जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र वान्ता आउनु डेंगुका लक्षण हुन् । डेंगु भाइरसले सङ्क्रमित लामखुट्टेले टोकेको तीन देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ । बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले भन्नुभयो, “सरसफाइमा ध्यान दिने, लामखुट्टेको बासस्थान र लामखुट्टेको लार्भा नष्ट गर्नु नै डेंगुबाट जोगिने प्रमुख उपाय हो ।”

बढ्दो गर्मी तथा पानी परेपछि म्याग्दीमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका हुन् । डेंगु सङ्क्रमित बढेपछि यो जिल्ला उच्च जोखिममा परेको छ । एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगु रोग सार्ने गर्दछ । यसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भीडभाडमा नजाने, सुत्ने बेलाको समयमा झुलको प्रयोग गर्ने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने डा। घिमिरेको भनाइ छ ।

के हो स्क्रब टाइफस ?

मुसामा देखिने किर्नाजस्तो किराले टोकेमा यो रोग मानिसमा सर्ने गरेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार जीवजन्तुबाट घाँसपात तथा झारमा झरेको किर्ना मानिसमा सर्ने र त्यसले टोकेमा यो रोग सर्ने गर्छ । शुरुकै अवस्थामा यो रोगको उपचार गरिए सामान्य औषधिले निको हुन्छ । रगतमा यसको सङ्क्रमणको मात्रा बढ्दै गएपछि यसले मिर्गौला र कलेजोमा प्रभाव पार्छ भने श्वासप्रश्वासमा पनि समस्या देखिन्छ । यसको उपचारमा ढिलो भयो भने बिरामीको ज्यान जान सक्ने सम्भावना बढी हुन्छ ।

स्क्रब टाइफस हुँदा धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखा रातो हुने, झाडापखला लाग्ने, शरीरमा दाद देखिने, शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्ने र कडाखालको श्वासप्रश्वास समस्या देखिन्छ । हालसम्म जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १८ जनामा स्क्रब टाइफसको सङक्रमण देखिएको छ । त्यस्तै रघुगङ्गा दुई, अन्नपूर्णमा तीन, मङ्गलामा ११, मालिकामा तीन र धवलागिरि गाउँपालिकामा एक जनामा स्क्रब टाइफसका बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

“कोरोना सङ्क्रमणको जोखिमसँगै जिल्लामा अहिले डेंगु र स्क्रब टाइफसको जोखिम पनि देखिएको छ, यसको रोकथाम र नियन्त्रण गर्न सबै स्थानीय तहलाई आग्रह गरेका छौँ”, बेनी अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष बेलबादुर कटुवालले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा स्क्रब टाइफस जाँच गर्ने किट सकिएको छ । प्रदेश सरकारलाई ताकेता गरिएको भएपनि अझैसम्म किट पाउन नसकिएकाले बिरामीलाई समस्या भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com