ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र पाकिस्तानबीच आपसी हितका नयाँ क्षेत्र पहिल्याउन उपप्रधानमन्त्रीको आग्रह


एबीसी न्यूज
भाद्र ३०, २०७७ मंगलबार  ८ : ०२ बजे

काठमाडौं, ३० भदौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्न आवश्यक रहेकामा जोड दिनुभएको छ ।नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका पाकिस्तानका राजदूत डा मझर जावेदसँग आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको समयदेखि हालसम्म असल र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध सरकार र सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गर्नुभयो । उहाँले पाकिस्तानले चिकित्साशास्त्र अध्ययन, सैनिक तालीम तथा प्रशिक्षण जस्ता क्षेत्रमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री पोखरेलले पाकिस्तानका उद्यमी एवं व्यवसायीलाई नेपालको कृषि, पर्यटन, उद्योग, जलविद्युत्लगायत क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा राजदूत जावेदले नेपाल र पाकिस्तानबीच असल कूटनीतिक सम्बन्ध रहेको जनाउँदै आफ्नो नेपाल बसाइका अवधिमा नेपाल र पाकिस्तानबीच शिक्षा, व्यापार, पर्यटन, उद्योग, कृषिलगायत क्षेत्रमा सहयोग प्रबद्र्धन गरी दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको बताउनुभयो ।

दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै उहाँले तालीम, प्रशिक्षण तथा उच्चस्तरीय भ्रमणमार्फत दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगिरहेको विचार व्यक्त गर्नुभयो । उहाँले चिकित्साशास्त्र अध्ययन, तालीम, प्रशिक्षणलगायत विषयमा नेपालले आवश्यक ठानेका विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउन पाकिस्तान सरकार सकारात्मक रहेको विचार व्यक्त गर्नुभएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com