ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रथ तान्ने क्रममा पक्राउ परेकालाई निसर्त अविलम्ब रिहा गर्नुपर्ने मेयर महर्जनको माग


एबीसी न्यूज

काठमाडौं, २२ भदौ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भदौ १८ रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकालाई निसर्त अबिलम्ब रिहा गर्नुपर्ने बताउनु भएको छ । महानगरका प्रमुख महर्जनद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ ललितपुर महानगरपालिकाभित्र भएको उक्त घटनामा पक्राउ परेकाहरुको रिहाइका लागि ललितपुर महानगरपालिका प्रमुखको हैसियतले म , ज्यापु समाज र १९ वटा जातिय संघसंस्था समेतले निसर्त रिहा गर्न स्थानीय प्रशासनलाई भनेको कुरा जानकारी गराउन चाहन्छु । ’विना योजना, स्थानीय प्रशासनलाई जानकारी नै नदिई भदौ १८ गते एक समूहले ललितपुरको पुल्चोकमा रहेको रथ तानेको थियो । रथ तान्ने क्रममा प्रहरी र रथ तान्न गएका समूहहरुबीच दोहोरो झडप भएको थियो ।

स्थानीय प्रशासन र रथ तान्ने समूहबीच गत बिहिबार भएको घटनापछि ज्यापु समाजको नेतृत्वमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबुु महर्जन सहित १९ वटा जातिय संघसंस्था र मसहितको छलफल पश्चात भदौ २१ गते धार्मिक विधिपूर्वक सांकेतिक रुपमा श्री मछिन्द्रनाथ रथ तानिएको थियो ।

विज्ञप्तिमा भदौ १८ गते विधि नपु¥याई रथ तान्दा उत्पन्न परिस्थितिले धर्म संस्कृतिप्रेमी सबैको मनमा घाउचोट लागेतापनि भदौं २१ गते धार्मिक प्रक्रिया र विधिपूर्वक सौहर्दपूर्ण वातावरणमा स्वास्थ्य सतर्कता अबलम्बन गरी रथ तान्ने काम सम्पन्न भएबाट घाउचोटमा मल्हमपट्टि लागेको ठहर गरेको उल्लेख छ । विज्ञप्तिमा भदौ १८को घटनामा घाइते भएका ट्राफिक प्रहरी लगायत अन्यको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com