ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्जा लगानीको १५ प्रतिशत कृषि क्षेत्रमा लगाउनुपर्ने नीति कार्यान्यनमा समस्या (भिडियोसहित)


एबीसी न्यूज
भाद्र १८, २०७७ बिहीबार  १ : २६ बजे


काठमाडौं, १८ भदौ ।  सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्र वर्षेनी प्राथमिकतामा पर्दै आएको छ । त्यसअनुरुप वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत आगामी तीन वर्षसम्म कृषि क्षेत्रमा लगाइनुपर्ने बाध्यकारी नीति पनि छ । यसमा वाणिज्य बैंक लगायत वित्तिय संस्थाहरुले सरकारले तोकेबमोजिमको कर्जा लगानी गर्न तयार भए पनि स्पष्ट कार्यनीति र योजनाको अभाव खटकिएको छ ।

नेपाल कृषिप्रधान देश । बहुसंख्यक नेपालीको आयआर्जन र रोजगारीको मुख्य आधार कृषि क्षेत्र नै हो । यतिमात्रै होईन, देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान झण्डै २७ प्रतिशतको हाराहारीमा रहदै आएको छ । तर यो वर्ष भने कृषि क्षेत्रको उत्पादन गत गत वर्षभन्दा २ दशमलव ६ प्रतिशत घट्ने प्रक्षेपण गरेको छ ।

त्यसो त, आजभन्दा १० वर्ष अगाडि आर्थिक वर्ष २०६७/६८ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३७ दशमलव १ प्रतिशत रहेको थियो । जिडिपीमा कृषि क्षेत्रको योगदान वर्षेनी घट्दै गईरहेको छ । चालु आर्थिक वर्षमा भने कोरोनाको प्रभाव पनि उत्तिकै परिरहेको छ । तथापि, ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यका साथ काम गरिरहेको सरकारले बताइरहेको छ । कृषि लगायतका साना तथा ठूला कर्जाहरुमा नेपाल राष्ट्र बैंकले विभिन्न नीति तथा निर्देशनहरु जारी गरिसकेको छ ।

देशमा ६७ प्रतिशत जनसंख्या कृषिमा आश्रित छ । मौद्रिक नीतिमा आगामी २, ३ वर्षभित्र वि.सं. २०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्ष्ँेत्रमा छुट्याईनुपर्ने उल्लेख गरिएको छ । सरकार र नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको कृषि क्षेत्रमा सहुलियतपूर्ण ऋण, अनुदान र सहयोगहरु गर्न समस्या नभएको र लक्षित वर्ग वा वास्तविक किसान कहा छ त भन्दै कर्जा बाडफाड गर्न आफूहरुलाई समस्या भइरहेको ग्लोबल आईएमई बंैकका सिईओ रत्नराज बजा्रचार्य बताउनुहुन्छ । कृषि क्षेत्रको लागि ऋण र अनुदानको भन्दा पनि कृषि विज्ञता र स्पष्ट कार्ययोजनाको अभाव खड्किरहेको उहा“को भनाई छ ।

विशेषगरी, कोरोना महामारीको समयमा कृषि र ऊर्जा क्षेत्रलाई निरन्तर अगाडी बढाउनसक्ने सरोकारवालाहरुले बताइरहेका छन् । तर यी दुवै क्षेत्रमा स्पष्ट कार्यनीति र योजनाको अभाव छ । आगामी केही वर्षभित्रै स्वदेशमै उत्पादन भएका विद्युत कसरी खपत गर्न सकिन्छ भन्नेतर्फ समेत सरकारको ध्यान गएको छैन, बज्राचार्य असन्तुष्टि पोख्नुहुन्छ । यसर्थ, कृषि क्षेत्रमा पनि बजेटभन्दा पनि स्पष्ट भिजनको आवश्यकता रहेको उहा“ले बताउनुभयो ।

विशेषगरी, महामारीको समयमा चलायमान एवम् न्यून्तम आर्थिक गतिविधिका लागि कृषि क्षेत्रलाई अगाडी बढाउनुपर्नेमा सरकार र सरोकारवालाहरुले जोड दिईरहेका छन् । तर, पूर्वतयारी बिना नै आएका योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा विविध समस्याहरु देखा परिरहेका छन् । यसर्थ यसको प्रभावकारी कार्यान्वयन एवम् गुणात्मक प्रतिफलका लागि योजनाबद्ध ढंगबाट अघि बढ्नु अत्यन्त जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

सम्बन्धित

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

इरानले अमेरिकासँग वार्ता नगर्ने अडान, इजरायलले लेबनानमा ‘बफर जोन’ विस्तार गर्ने घोषणा

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com