ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीओली र शेख हसिनाबीच टेलिफोन संवाद, मल उपलब्ध गराउन सकारात्मक


एबीसी न्यूज

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच मंगलबार टेलीफोन संवाद भएको छ । दुई प्रधानमन्त्रीबीच केहीबेर फोन संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
नेपाली कृषकका लागि रासायनिक मल अभाव भएपछि छिमेकी मुलुक बंगलादेशसँग सहयोग माग्ने पहल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेपछि दुई प्रधानमन्त्रीबीच आज टेलिफोन संवाद भएको कृषी मन्त्री घनश्याम भुषालले जानकारी दिनुभयो ।

“एक महिना अघि नै मैले मन्त्रीको हैसियतले बंगलादेशको कृषि मन्त्रीसँग कुरा गरेको थिएँ, सो विषयमा दुवै देशका प्रधानमन्त्रीबीच कुरा भएमा दिन सकिने जवाफ आयो, सोहीअनुसार मैले हाम्रो प्रधानमन्त्रीसँग कुरा गरेको थिएँ” मन्त्री भुषालले भन्नुभयो । तत्कालका लागि सहयोग गर्ने हिसावले मात्र नेपाललाई ५० हजार टन युरिया सहयोग गर्न सकिने जवाफ बंगलादेशको कृषि मन्त्रालयले दिएको सोहीअनुसार पहल भएको मन्त्री भुषालले  भन्नुभयो ।

बंगलादेशसँग कुरा गर्नुअघि छिमेकी मुलुक चीन र भारतसँग पनि सोहीअनुसार पहल भएको मन्त्री भुषालले बताउनुभयो । तर भारतसँग ‘स्टक मल’ नरहेको र चीनबाट ल्याउन तुलनात्मक रुपमा बढी खर्च लाग्ने भएपछि विकल्पमा बंगलादेशसँग कुरा भएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीकाअनुसार बंगलादेशका प्रतिनिधिहरुसँग छलफल भएपछि सोबारेमा परराष्ट्र मन्त्रालयलाई लेखी पठाइएको थियो । आज दुई देशका प्रधानमन्त्रीबीच भएको टेलीफोन संवाद मलको विषयमा नै भएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली र समकक्षी हसिनाबीच दुई देशको आपसी हितका विषयमा समेत कुराकानी भयो । शक्ति सुदृढीकरण, विद्युत ग्रिड जडान तथा सप्लाई, सीमारहित सन्तुलित व्यापार प्रवद्र्धनमा समेत प्रधानमन्त्रीद्वयबीच छलफल भयो । मन्त्रालयले साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले बंगलादेशको रोहनपुर हुँदै भारतको सिङ्गवादसम्मको नयाँ रेल रूट उपलब्लाध गराएकोमा बंगलादेशका प्रधानमन्त्री हसिनालाई धन्यवाद व्यक्त गर्नुभयो । ।त्यस्तै, कोभिड १९ का विषयमा समेत दुई प्रधानमन्त्रीबीचमा छलफल भएको छ ।

कोभिड १९ विरुद्ध मिलेर संघर्ष गर्ने विषयमा दुवै देश सहमत भएका छन् । कोरोना विरुद्ध लड्न बंगलादेशले उपलब्ध गराएको पाँच हजार इन्जेक्सन र अन्य स्वास्थ्य सामग्रीका लागि पनि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले बंगलादेशले उपलब्ध गराउन लागेको ५० हजार टन युरिया सहयोगका लागि पनि धन्यवाद दिनुभयो । नेपालले बंगलादेशसँग सहयोग स्वरुप सो मल माग गरेको हो । पछि नेपालले बंगलादेशलाई सो मल फिर्ता दिनुपर्ने छ ।

दुई देशबीच कृषिमा एकापसमा सहयोग गर्ने विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले दुई देशबीचको आपसी हित र सम्बन्धका विषयमा उच्चस्तरीय भ्रमण कायम राख्ने कुरा गर्नुभएको थियो । प्रधानमन्त्री हसिनाले त्यसलाई सकारात्मकरुपमा लिनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले बाङ्गबन्धु शेख मुजीबर रहमानको जन्मअवसरमा बंगलादेश तथा त्यहाँको जनतालाई नेपालको तर्फबाट बधाई ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com