ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महामारीमा आर्थिक गतिविधिलाई चलायमान राख्न तीनै तहका सरकारको जोड (भिडियोसहित)


एबीसी न्यूज
भाद्र १५, २०७७ सोमबार   ३ : २८   बजे

काठमाडौं, १५ भदौ ।  सरकारले कोरोना महामारीमा पनि आर्थिक गतिविधिलाई चलायमान राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारहरुको जोड छ । पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि ई–कमर्श र ई–गर्भनेन्सको प्रस्ताव अघि सारेको छ । महामारीबाट प्रभावित उद्योगी, व्यवसायीहरुलाई उचित प्रबन्ध गर्दै रोजगारीको वातावरण सिर्जना गर्ने उद्देश्यकासाथ विभिन्न पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

सरकारले पछिल्लो समय आर्थिक गतिविधिलाई चलायमान राख्नको लागि संघ, प्रदेश र स्थानीय सरकारहरुको सक्रियता बढेको छ । कोरोना नियन्त्रण लगायत सबै गतिविधिमा स्थानीय प्रशासन ऐन २०२८ लागू गरिएको अवस्था छ । त्यसो त, सरकारले यसअघि चालु तथा आगामी आर्थिक वर्षमा ८ प्रतिशतभन्दा माथीको आर्थिक वृदिरको लक्ष्य राखिरहेको थियो । तर, कोरोना महामारीका कारण यो वृद्धिदर २ देखि ३ प्रतिशतमा खुम्चने भन्दै सरोकारवालाहरुले चिन्ता प्रकट गरिरहेका छन् ।

विशेषगरी अहिले वैदेशिक रोजगारीमा गएका लाखौं युवाहरु स्वदेश फर्किसकेका छन् भने, रेमिट्यान्सको आम्दानी पनि शून्य जस्तै बनिरहेको छ । कोरोनाका कारण स्वदेशमै सञ्चालित उद्योग, व्यवसायको क्षेत्रमा पनि ऋणात्मक असर परिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने यो अवस्थामा पनि सञ्चालन गर्न सकिने जति सबै उद्योगहरु सञ्चालनमै रहेको जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अहिलेको रोग र भोकस“ग लड्ने समयमा कृषि खाद्यन्न, दैनिक उपभोग्य वस्तु, ग्या“स, ईन्धन लगायत पेट्रोलियम पदार्थको अभाव हुन नदिने ढंगबाट मन्त्रालयको गतिविधि अगाडि बढिरहेको बताउनुभयो । अहिले पनि कम्तिमा ६ महिनालाई आवश्यक खाद्यन्न एवम् दैनिक उपभोग्य सामाग्रीहरु स्टक रहेको मन्त्रालयले जनाएको छ ।

त्यसो त, आर्थिक गतिविधिलाई सुचारु राख्ने उद्देश्यकासाथ मन्त्रालयले अनलाईनबाट पनि ई–बिजनेस्, ई–कमर्श र ई–गर्भनेन्स्को प्रस्ताव अघि सारिरहेको छ । यो कोरोना महामारी अघि पनि केही वर्ष अगाडिदेखि अभ्यास हुदै आईरहेको थियो । तर, यसमा पनि गुणस्तरीय सामानको उपलब्धता लगायतको विषयमा समस्या देखा परिरहेका छन् । विशेषगरी, लकडाउनको समयमा अनलाईन नेटवर्किङबाट पनि प्रभावकारी काम भईरहेको छ । स्वास्थ्य सुरक्षा अपनाउदै यी लगायत कृषि, ऊर्जा, निर्माण र उत्पादनस“ग सम्बन्धित नया“–नया कामहरु अगाडि बढाउनुपर्ने राज्यमन्त्री दुगडले बताउनुभयो ।

त्यसो त, सरकारले पनि अन्य प्रयोजनका लागि खर्च गर्न नसक्ने व्यवस्थासहित सशर्त वित्तीय हस्तान्तरणमार्फत कार्यक्रमहरु पठाईने निर्णय गरेको छ । सो अनुरुप सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम अनुसार खर्च गर्न र संशोधन गरी अन्यत्र खर्च गर्न नपाउने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण मार्फत पठाइएका कार्यक्रमहरुको प्राविधिक कार्यसञ्चालन प्रक्रिया, रिपोर्टिङ तथा तथ्याङ्क व्यवस्थापनका शर्तहरु पारित गरिसकेको छ । त्यस्ता कार्यक्रममा खर्च भएको सम्बन्धमा चौमासिक रुपमा सम्बन्धित मन्त्रालयलाई अनिवार्य रिपोर्ट बुझाउनुपर्ने र नियमित रिपोर्टिङ नगरे अर्को वर्ष उक्त सहायता रोकिन सक्ने मन्त्रिपरिषद्को पछिल्लो बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group