ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले पहिलो कोरोना खोपको सर्वाधिकार स्वीकृत गर्‍यो


एबीसी न्यूज
भाद्र १, २०७७ सोमबार  ५ : ०३ बजे

काठमाडौं, १ भदौ ।  चीनको खोप कम्पनी क्यानसिनो बायलजिक्स कर्पोरेशनको कोरोना खोप एडी५–एनसीओभी (Ad5-nCOV) ले पहिलो आविष्कार (पेटेन्ट) सर्वाधिकारका लागि मञ्जुरी पाएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ ।

चीनको बौद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्ट तारिखमा क्यानसाइनको खोपको सर्वाधिकारका लागि मञ्जुरी दिएको हो । चीनले कुनै कोभिड–१९ को लागि कुनै पनि खोपलाई मञ्जुरी दिएको यो पहिलो पटक हो । यद्यपि यसलाई वैज्ञानिक उपलब्धि नभइ व्यावसायिक उपलब्धि मानिएको छ । वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्रोफेसर मार्क पेलेग्रिनीले द गार्जियन अखबारसँग भने, (यो सर्वाधिकारको कारण कसैले अब यो खोपको नक्कल गर्न पाउने छैन तर क्लिनिकल परीक्षणमा अघि बढ्नको लागि सर्वाधिकार हुनु कुनै अनिवार्य मापदण्ड होइन ।)

पेलेग्रिनीले यो खोपको बारेमा केही हप्ताअघि मेडिकल जर्नल ल्यान्सेटमा खबर छापिएको पनि बताए । अक्सफोर्ड समूहले आफ्नो खोपको बारेमा जानकारी प्रकाशित गरेको बेला नै चिनियाँ खोपको बारेमा पनि खबर छापिएको पेलेग्रिनीले बताए ।

दुवै खोपमा कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउनको लागि एडेनोभाइरस (चिसोपना र सामान्य सङ्क्रमण निम्त्याउने भाइरस) को प्रयोग गरिएको छ । साउदी अरबले यही महिना क्यानसाइन कम्पनीको खोपको तेस्रो चरणको परीक्षण गर्ने योजना बनाइरहेको बताएको थियो । यता क्यानसाइनोले तेस्रो चरणको परीक्षणको लागि रुस, ब्राजिल र चिलीसँग कुरा गरिरहेको बताएको थियो ।  खोपले मञ्जुरी पाएको खबर आएपछि सोमबार बिहान क्यानसाइनोको हङकङको शेयरमा १४ प्रतिशत र दिउँसोसम्म शङ्घाई शेयरमा ६ दशमलव ६ प्रतिशतको बढोत्तरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com