ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जैविकमार्गमा ‘संरक्षणका लागि एक मिनेट’ अभियान शुरु


admin
असार २३, २०७४ शुक्रबार   ३ : २३   बजे

रत्ननगर चितवन, २३ असार । चितवनको भरतपुर र रत्ननगर नगरपालिकाको बीच सडकमा पर्ने टिकौली जङ्गलको जैविकमार्गमा वन र वन्यजन्तुको सुरक्षा गर्न आजदेखि ‘संरक्षणका लागि एक मिनेट’ अभियान शुरु भएको छ ।

गाडीको ठक्करबाट वन्यजन्तु मर्ने क्रम बढेपछि वन्यजन्तुको जोखिम कम गर्न अभियान शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँले आजदेखि साउन १ गतेसम्म प्रचारात्मक कार्यक्रम गरेर सवारी चालकलाई जानकारी दिइने र साउन १ गतेपछि अटेर गरेमा जरिवाना सहितको कारबाही गरिने जानकारी दिनुभयो ।

आज बिहान चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय चितवन, राष्ट्रिय प्रकृति संरक्षण कोष, स्थानीय सामुदायिक वन, प्रहरी तथा नेपाली सेनाको सहभागितामा सो कार्यक्रम गरिएको हो । “हामीले आजदेखि सवारी चालकलाई पर्चा दिने, जानकारी गराउने, जैविक मार्गको महत्व र विशेषताबारे बताउने काम शुरु गरेका छौँ”, निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले भन्नुभयो, “अब गाडी रोकेमा, जथाभावी फोहर फालेमा तथा अवाञ्छित गतिविधि गरेमा साउन १ बाटै कारबाही गर्छौं भनेर चेतना दिइरहेका छौँ ।”

पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर र भरतपुरको बीचमा वन्यजन्तु आवतजावत हुने जैविक मार्ग ९कोरिडोर० छ । करिब ७ किमी क्षेत्रको जङ्गल अति संवेदनशील क्षेत्र हो । यहाँ वन्यजन्तुले बाटो काटेर हिँड्ने भएकाले सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने क्रम बढेपछि यो अभियान शुरु गरिएको हो ।

जिल्ला वन कार्यालयको तथ्याङ्कमा अघिल्लो वर्ष सो क्षेत्रमा १३ वटा वन्यजन्तु आक्रमणका घटना भए पनि तीनवटा मात्रै गाडीलाई कारबाही गरिएको थियो । अरू गाडी फरार भए । सिसी क्यामेरा राखिए पनि त्यसको भरपुर प्रयोग नहुँदा समस्या भएपछि अहिले सो क्षेत्रको निगरानी बढाइएको हो ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले अब साउन १ बाटै लागू हुनेगरी गाडीलाई रु एक हजारसम्म जरिवानसहित कारबाही थाल्न जङ्गलमा अस्थायी सुरक्षा पोष्ट नै स्थापना गरिएको र पोष्टमा सेना, संरक्षणकर्मी सशस्त्र वनरक्षक परिचालन गर्ने उहाँको भनाइ छ । राससमा समाचार आए पनि निकुञ्जले उक्त अभियान चलाएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group