ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका विभिन्न स्थानमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग


एबीसी न्यूज


काठमाडौं, २८ साउन ।  मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको संयोजनमा आयोजित ‘आणविक विज्ञान र समाज’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेपाल न्युक्लियर सोसाइटीका अध्यक्ष डा कमलकृष्ण श्रेष्ठ, नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा बुद्धराम साह, विज्ञान शिक्षक समाजका केन्द्रीय अध्यक्ष खिलकुमार प्रधान, त्रिभुवन विश्व विद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन केन्द्रका प्रा डा निलम श्रेष्ठ प्रधान तथा नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्सका अध्यक्ष हेमन्त खरेलले युनियमको उत्खनन गरी व्यवस्थित प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

चिकित्सा विज्ञान अध्ययन संस्थान शिक्षण अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट डा उमेशप्रसाद खनालले स्वास्थ्य संस्थामा रेडियोलोजी विभागमा काम गर्नेहरु जोखिममा रहेको बताउनुभयो । एक्स रे, भिडियो एक्स रे र सिटिस्क्यान जस्ता यन्त्रको प्रयोग गर्दा अपनाइएको विधिका बारेमा अध्ययन गरिनुपर्ने उहाँको भनाइ थियो ।

रसिया साइन्स सोसाइटीका अध्यक्ष एवं पूर्वमन्त्री गणेश साहले रेडियोधर्मी पदार्थलाई व्यवस्थित गर्ने विषय गहन भए पनि नेपालमा यस विषयमा गहन छलफल हुन नसकेकाले आरम्भ गरिएको बताउनुभयो । आफू विज्ञानमन्त्री भएका बेला सन् २००८ मा संयुक्त राष्ट्र सङ्घअन्तर्गत रहेको इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी सदस्य भएर विश्व समुदायसँग जोडिएको उहाँले जानकारी दिनुभयो ।

सन् १९४५ को अगस्ट ६ र ९ मा जापानका दुई शहर हिरोसिमा तथा नागासाकीमा भएको आणविक बम बिस्फोटबाट भएको जनधनको सम्झनामा आयोजित कार्यक्रममा विज्ञान शिक्षक समाज र नेपाल साइन्स ओलम्पियाडको समेत सहकार्य एवं नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्कको प्राविधिक सहयोग रहेको सोसाइटीका महासचिव सुरेश भट्टराईले जानकारी दिनुभयो । जापानका ती शहरमा आणविक बम आक्रमणपछि मानव, वनस्पतिको जीवन दुर्लभ भएकाले आणविक पदार्थलाई व्यवस्थित गरिनुपर्ने विज्ञको भनाइ थियो ।

विश्वमा आणविक विज्ञानमा लगानी बढे पनि नेपालको ध्यान जान नसकेको, हालै रेडियोधर्मी पदार्थलाई व्यवस्थित गर्ने सम्बन्धी कानून बने पनि यसबाट हुने क्षतिका बारेमा पर्याप्त जानकारी नरहेकामा विज्ञहरुले जोड दिनुभएको थियो । विद्यालय तथा विश्वविद्यालय तहमा आणविक विज्ञानसम्बन्धी पाठ्यपुस्तक र पाठ्यक्रम वा पाठ्यांशसमेत पर्याप्त नभएको उहाँहरुको भनाइ थियो ।

आणविक विज्ञानसम्बन्धी अनुसन्धान तथा व्यावसायिक गतिविधिमा नेपालको संलग्नता र यसले नेपाली समाजको आर्थिक, सामाजिक विकासमा पर्ने सकारात्मक प्रभावको बारेमा विज्ञहरूले प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com