ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमहामन्त्री सुनिल थापासहित ३१ जनाले छाडे राप्रपा (सूचीसहित)


shreedhar Gautam

काठमाडौं,  १० साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह छन् ।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उनीहरुले संयुक्त राजीनामा उल्लेख गरेका छन् । राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रतिको आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ ।

उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने उल्लेख गर्दै उहाँहरुले आजकै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्नुभएको छ । राजीनामा दिनेमा पार्टीका १२ केन्द्रीय सदस्य छन् ।

राप्रपा नेता मोहन श्रेष्ठले पार्टी परित्याग गरेर थापाले म्भीर राजनीतिक भूल गरेको बताउनुभयो । उहाँले भन्नुभयो,(उहाँले आफ्‍ना बुवाको विरासतलाई निरन्तरता दिनबाट चुक्नु भएको छ । पार्टी छाडेर उहाँले गम्भीर राजनीतिक भूल गर्नुभएको छ ।

थापा राप्रपाका केन्द्रीयस्तरका नेता हुन् । नेता थापा कांग्रेस प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

राजीनामा दिनेहरु
१ सुनिलबहादुर थापा (धनकुटा, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमहामन्त्री, राप्रपा, ९पूर्वमन्त्री उद्योग वाणिज्य०

२ विष्णुविक्रम थापा( सिन्धुपाल्चोक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृहराज्यमन्त्री

३ बाबुराम बस्नेत (भोजपुर, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा

४ बृजलाल यादव – बारा, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री

५ पदमबहादुर बस्नेत – धनकुटा, केन्द्रीय सदस्य, पूर्वजिल्ला सभापति धनकुटा

६ किरण गिरी – काठमाडौं, केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा

७ दिलीप राई( झापा, केन्द्रीय सदस्य

८ आशाराम चौधरी – कैलाली, केन्द्रीय सदस्य

९ चन्द्रकुमार घुण्डे गुरुङ-संखुवासभा, केन्द्रीय सदस्य, राप्रपा

१० राज्यलक्ष्मी श्रेष्ठ- नुवाकोट, संविधान सभा सदस्य

११ चतुरमान विश्वकर्मा – झापा, केन्द्रीय सदस्य

१२ राम पदारथ शाह- सर्लाही, केन्द्रीय सदस्य

१३ वीरेन्द्रलाल कर्ण – धनुषा, पूर्वकेन्द्रीय सदस्य

१४ नारायण राउत – भोजपुर, पूर्वकेन्द्रीय सदस्य

१५ इन्द्रबहादुर तामाङ- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, जिविस उपसभापति

१६ राजकुमार भट्टराई – सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, शिक्षक परिषद्

१७ डम्बरबहादुर राई – भोजपुर, महाधिवेशन प्रतिनिधि

१८ माधव पौडेल- सिन्धुपाल्चोक, जिल्ला कार्यसमिति सदस्य

१९ अर्जुन विक्रम थापा – सिन्धुपाल्चोक, पूर्वगाविस अध्यक्ष, बोडेगाउँ

२० हरेन्द्रप्रसाद यादव – बारा, जिल्ला अध्यक्ष

२१ रुपनारायण यादव – बारा, जिल्ला उपाध्यक्ष

२२ भिखारी लाल यादव –  बारा, जिल्ला सदस्य

२३ भिखारी लाल यादव – बारा, जिल्ला सदस्य

२४ जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरु धनकुटा

२५ राप्रपा धनकुटाका सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरु धनकुटा

२६ महेन्द्र बस्नेत- मोरङ, पूर्व जिल्ला सदस्य

२७ गोपी ठकुरी, सिन्धुपाल्चोक – जिकास सदस्य

२८ डोलनाथ आचार्य- सिन्धुपाल्चोक, गाउँपालिका उपाध्यक्ष

२९ दबिबल तामाङ – सिन्धुपाल्चोक नगरपालिका इकाइ सदस्य

३० मदन घिमिरे – धनकुटा, वरिष्ठ उपाध्यक्ष, राप्रपा प्रजातान्त्रिक युवक संगठन

३१ ध्रुव थापा – सिन्धुपाल्चोक, पूर्व युवक संगठन सदस्य

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com