ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख नाघ्यो : मृतकको संख्या ६ लाख पुग्यो


एबीसी न्यूज

काठमाडौं, ३ असार ।   विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ३० हजार ७८९ पुगेको छ । यस्तै, कोरोनाबाटै मृत्यु हुनेको संख्या पनि ६ लाख ३०६ हजार ३६९ पुगेको छ । हालसम्म ८८ लाख १ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ७५ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ लाख ७० हजार १२ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४२ हजार ६४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा हालसम्म २० लाख ४८ हजार ६९७ जना संक्रमित हुँदा ७७ हजार ९३२ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १० लाख ४० हजार ४५७ संक्रमित हुँदा २६ हजार २८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३५ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । रुसमा ७ लाख ५९ हजार २०३ संक्रमित हुँदा १२ हजार १२३ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ४५ हजार ५३७ जना संक्रमित हुँदा १२ हजार ७९९ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ३ लाख ३७ हजार ५९४ जना संक्रमित हुँदा ४ हजार ८०४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ३ लाख ३१ हजार २९८ जना संक्रमित हुँदा ३८ हजार ३१० को मृत्यु भएको छ । चिलीमा ३ लाख २६ हजार ५३९ संक्रमित हुँदा ८ हजार ३४७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ७ हजार ३३५ पुगेको छ भने २८ हजार ४२० जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४५ हजार २३३ जनाको मृत्यु भएको छ भने २ लाख ९३ हजार २३९ जना संक्रमित रहेका छन् ।

यता, इरानमा २ लाख ६९ हजार ४४० जना संक्रमित हँदा १३ हजार ७९१ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ५९ हजार ९९९ संक्रमित हुँदा ५ हजार ४७५ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ४५ हजार ८५१ हजार संक्रमित हुँदा २ हजार ४०७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४३ हजार ९६७ पुग्दा ३५ हजार २८ जनाको मृत्यु भएको छ ।

टर्कीमा २ लाख १७ हजार ७९९ संक्रमित हुँदा ५ हजार ४५८ को ज्यान गएको छ । जर्मनीमा २ लाख २ हजार ३४५ जना संक्रमित हुँदा ९ हजार १६० जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ९९ हजार ३५७ संक्रमित हुँदा २ हजार ५४७ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७४ हजार ६७४ हुँदा ३० हजार १५२ जनाको मृत्यु भएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६४४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २३ हजार ४७३ जना संक्रमित हुँदा ९८५ जनाको ज्यान गएको छ ।  नेपालमा भने अहिलेसम्म  थप ५७ जना नयाँ कोरोना संक्रमित थपिँदा १ सय ३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार भएको ३ हजार ३ सय ३१ वटा पीसीआर परीक्षणमा ५७ जनामा पोजेटिभ देखिएको हो । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ८ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ४४, बागमती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८ जना उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना संक्रमित उपचाररत रहेका छन् । नेपाल कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्दा निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । अहिलेसम्म पीसीआर विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको छ । देशभरी २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com