ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा


shreedhar Gautam

पर्वत, ३१ असार । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।

श्रेष्ठलाई कुस्माबजारकी एक १५ वर्षीया बालिकालाई विवाहको आश्वासन दिएर बलात्कार गरी गर्भवतीसमेत बनाएको आरोपमा यही असार १९ गते पक्राउ गरिएको थियो भने खड्कालाई पनि कुश्मा बजारको एक होटलमा ल्याई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यही असार १७ गते गिरफ्तार गरिएको थियो ।

श्रेष्ठले फेसबुकबाट चिनजान भएकी बालिकालाई विवाहको प्रलोभनमा पारेर गत पुस २ गते कुश्मा बजारमा रहेको आफ्नो कोठामा बलात्कार गरेको भनीे पीडितले असार १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पिडीत बालिका छ महिनाको गर्भ रहेको पाइएको छ ।

यस्तै खड्कामाथि कुश्मा बजारस्थित एक होटलमा बलात्कार गरेको आरोप लागेको छ । उनीमाथि पनि विवाह गर्ने आश्वासनसहित होटलमा चार दिनसम्म राखेर बलात्कार गरेको आरोप छ । आरोपित खड्का ट्र्याक्टर चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com