ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काजखस्तानको निमोनिया कोभिड १९ हुनसक्छ– विश्व स्वास्थ्य संगठन


एबीसी न्यूज

काठमाडौं, २७ असार । विश्व स्वास्थ्य संगठनले काजखस्तानमा हालै देखिएको भनिएको निमोनियाको प्रकोप पनि कोभिड १९ हुन सक्ने बताएको छ । तर त्यस विषयमा उक्त संगठनका स्वास्थ्य विज्ञहरुले अनुसन्धान थालेका पनि बताएको छ । हालैमात्र काजखस्तानमा अज्ञात निमोनियाजस्तो देखिने रोगको प्रकोप फैलिएको समाचार आएको थियो ।

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइकेल रायनले सो विषयमा शनिबार जानकारी दिनुभएको छ । उहाँले मध्य एसियाली देश काजखस्तानमा केही दिन यतादेखि निमोनियाजस्तो देखिने रोगको संक्रमण बढेको भन्ने विषयमा समाचार आएको र त्यस बारेमा अनुसन्धान गर्न यस संगठनका विज्ञहरु पुगेको बताउनुभएको हो ।

त्यस प्रकोपबाट मात्र पछिल्ला केही दिनयता मात्र त्यस देशमा १ हजार ७०० भन्दा बढी नागरिकको ज्यान गएको समाचार बाहिर आएको थियो । साथै उहाँले पछिल्लो समयमा त्यस देशमा कोभिड १९ को धेरै ठूलो प्रकोप बढिरहेको देखिएको जानकारी पनि दिनुभयो ।उहाँले भन्नुभयो– पछिल्ला दिनहरुमा सो देशमा कोभिड १९ को पनि ठूलो महामारी बढिरहेको छ, गएको हप्तादिनमा मात्र त्यहाँ कम्तीमा पनि १० हजार जनालाई यो महामारीको प्रकोप देखापरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com