ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कूटनीतिक भेटमा कोकोहोलो किन ?


एबीसी न्यूज

नेपाल कम्यनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेको वेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दलका वरिष्ठ नेताहरुसँग गरेको भेटघाट अहिले चर्चामा छ । नेपालमा राजनीतिक अस्थिरताको बेला सधैंभरी दक्षिणतर्फको छिमेकीका राजदूलदेखि विशेष दूतसम्म सक्रिय हुने र कतिपय अवस्थामा अस्थिरताको आगोमा घिउ थप्ने गरेको दर्जनौं दृष्टान्तको ग्रन्थ नै बन्न पुग्ने दृष्टान्त छन् ।
अहिले राजदूत यान्छीको भेटघाटलाई पनि प्रतिपक्षी राजनीतिक वृत्तका कतिपय नेता कार्यकर्ता र विश्लेषकहरुले भेटघाटको सन्दर्भ र कन्टेन्टबारे कुनै पनि जानकारी नै नराखी यही हस्तक्षेपको जामा पहि¥याएर विश्लेषण गर्नु खेदजनक छ ।

यथार्थमा चीनसँगकोे औपचारिक कुटनीतिक सम्वन्धको ६ दशकको इतिहास हेर्ने हो भने चीन सदैव नेपालको राजनीतिक स्थिरता र सार्वभौमिक अखण्डताको पक्षमा उभिंदै आएको छ । यस अर्थमा नेपालको समृद्धिका लागि स्थिर सरकार बहाल रहोस् भन्ने उत्तरी छिमेकीको स्पष्ट सन्देश र सदाशयतालाई अन्यथा भन्न मिल्दैन । यो कुनै लुुकेको रहस्य खोलिएको विषय नै होइन । चीनले सधैंभर नेपालको संस्थापन पक्ष बलियो बनोस् भन्नेमा सदिच्छा व्यक्त गर्दै आएको छ भने दक्षिणी छिमेकीले आफू अनुकूलको सरकारको पक्षपोषण गर्दै आएको घाम जत्तिकै छर्लङ छ ।

राष्ट्रपति, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगाएयत उच्चपदस्दथहरु र राजदूत यान्छीबीचको भेटवार्ताबारे समाचार टिप्पणी सार्वजनिक भए पनि उनिहरुबीच भएको कुराकानीको विवरण भने कहीं पनि आएको छैन ।

सत्तारुढ दलको वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री र उनको दलको विदेश विभागको प्रमुख भएका कारण नेता नेपालले कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग भेट्नुलाई अस्वभाविक मान्न सकिंदैदन । फेरि कोभिड–१९को अहिलेको विश्वव्यापी महामारीले सिर्जेको मुलुकहरुबीचको नयाँ ध्रुवीकरण एकातिर छ भने द्विपक्षीय चासोका नेपाल–भारत सीमा समस्याले सिर्जेको चिसोपनदेखि कै्यौं मुद्दाहरु चर्चाको शिखरमा छन् ।

संसद अघिवेशनको हठात् अन्तले एमसीसी लगायतका संसदभित्र रहेका पेचिला विजनेशहरु थन्किएका छन् । अर्को अर्थमा अलपत्र परेका छन् । यस्तो अवस्थामा नेपाली राजनीतिको सम्भावित दिशा त्यसले द्विपक्षीय एंव भू–राजनीतिक कूटनीतिमा पार्ने प्रभावबारे छिमेकी मुलुकका कुटनीतिज्ञले लिने चासो र गर्ने छलफललाई कूटनीतिक वार्ताकै श्रेणीमा राख्नुपर्छ । त्यस अर्थमा नेकपाका कुनै नेता र छिमेकी देशको कूटनीतिज्ञबीच भेटघाट छलफल हुँदैमा दलभित्रको समीकरण परिवर्तन हुन्छ भन्नु जस्तो हीन भावना अरु केही हुन सक्दैन ।
कथंकदाचित छिमेकी मुलुकले यो वा त्यो अमुक नेता ठीक वा वेठिक भन्ने सोच राख्छ वा व्यक्त गर्छ भने पनि त्यो ठुलो कृुरा होइन । चार दशकको इतिहास भएको र कम्तीमा छ÷सात पटक सरकारको नेतृत्व गरेको पार्टीका आन्तरिक मामिलामा निर्णय लिन नेकपा नेतृत्व सक्षम छ र हुनैपर्छ ।

नेपालको राजनीति र बौद्धिक वृत्तमा अहिले नेकपाका नेता र राजदूत यान्छीवीचको भेटघाट चर्चाको विषय बन्नुको वास्तविक कारण विगतको इतिहास पनि हो । दक्षिण छिमेकी भारतबाट संविधान निमार्णदेखि त्यसको अन्तरवस्तुमा पटकपटक खुलेआम हस्तक्षेप भएका छन् । संविधान जारी गर्न ढिलाई गर्नका लागि भारतले हालका विदेशमन्त्री एस जयशंकरलाई विशेष दूत नै खटाएको थियो । त्यो बेलाको एस जयशंकरको हस्तक्षेपलाई नेपाली नेताहरुले मान्नु पथ्र्यो भन्ने बृतबाट नै अहिले चिनिया राजदूत र नेताहरुको भेटलाई उछाल्नुले उनीहरुको नियत स्पष्ट गर्दछ ।
२०४६ को परिवर्तन हुँदै ०६२।६३ देखि २०७२ सम्मको संक्रमणकालीन अस्थिर नेपाली राजनीतिमा पटकपटक सरकार परिर्वतन भए र ती परिर्वतनमा काठमाडौंका तारे होटलका कोठा कोठामा छद्म भेषमा षड्यन्त्रपूर्वक गतिविधि भए । स्थिति यस्तो बन्यो कि कतिपय नेतामा भारतको आर्शिवाद नभए सरकारमा पुग्नै सकिन्न भन्ने छाप प¥यो । नेताहरुको यहि भयप्रभावित हीन मानसिकताका कारण भारत नेपालका राजनीतिक, आर्थिक मात्र हैन, सुरक्षाजस्ता संवदेनशील क्षेत्रमासमेत माइक्रोम्यनेज्मेन्ट गर्न सफल भयो ।

वास्तवमा, लुकिछिपी वा गलत नियतले गरिने त्यस प्रकारको हस्तक्षेप घातक हुन्छ । तर स्पष्ट रुपमा र असल नियतका साथ गरिने कुनै पनि कुटनीतिक भेटघाटप्रति कसैले पनि आपत्ति मान्नु पर्ने कारण छैन ।
त्यसमाथि भारतीय मिडियाहरुले काठमाडौं स्थिति चिनिया राजदूतका बारेमा गरिएका घटिया मिडिया विश्लेषणले भारतीय संस्थापनको स्तरलाई समेत प्रतिविमित गरेको छ । किन कि कुनै पनि देशका मिडिया आन्तरिक राजनीतिका विषयमा आआफ्रने हिसाबले विश्लेषण गरेपनि कुटनीति तथा सामरिक विषयमा देशको मूल नीति र नियतभन्दा बाहिरबाट विश्लेषण गरेको पाईंदैन । तथापि आलोचना गरिएपनि तथ्यमा रहेर शिष्ट शैलीमा गरिएको हुन्छ विश्वभर । तर भारतका मिडिया निर्वस्त्र सडमा उत्रेका छन् यतिबेला । नेपाली राजनीति, सत्तारुढ दलको विवाद र चीनसंगकको नेपालको सम्वन्धमा भारतीय मिडिया र त्यहांका विद्धत भनिने जमात यसरी अतालिएको अहिलेसम्म देखिएको थिएन ।

यहांनेर विचारणीय पक्ष के विर्सनु हुंदैन भने नेकपा र चिनिया कम्युनिष्ट पार्टीबीच भाइचारा सम्वन्ध छ । चिनिया कम्युनिष्ट पार्टीले विशाल चीनमा शासन गरिरहेको सन्दर्भमा चिनिया राज्यमसंयन्त्रमा स्वत चिनिया कम्युनिस्ट पार्टीको औपचारिक वर्चस्व हुने कुरा स्वत : सिद्ध छ । दुई भाइचार पार्टीका बीचमा विचार र संगठनका विषयमा पनि स्वाभाविक रुपले खुलस्त कुरा हुने कुरालाई कसैले आश्चार्य मान्नु पर्दैन । त्यसमाथि कुनै पनि देशको शासन प्रणालीका बारेमा चीनले कुनै प्रकारकाको मोडेलको सिफरिश गर्दैन । केवल स्थिरता र विकासको बाटोमा अघि बढ्न घच्घच्याउने बाहेक । दक्षिण एशियामा नै चीन र पाकिस्तानबीच औपचारिक कुटनीतिक सम्वन्धदेहि हालसम्म रणनीतिक साझेदारी र सम्वन्ध छ । तर पाकिस्तानका राजनीतिक पार्टी तथा त्यहांका जनसमुदाय र चिनिया कम्युनिष्ट पाटी र चिनिया जन समुदायबीचक कुनै पनि कुरामा एकरुपता छैन । तर दुई पक्षीय सम्वन्ध दक्षिण एशियामा चीनको सबैभन्दा बलियो पाकिस्तानसंगै छ । यस दृष्ट्रान्तले पनि स्पष्ट गर्दछ कि चीन के हो र के गर्न चाहन्छ भन्ने ।

एउटा कुरा सत्य चीनले नेकपाको सुृदृढ एकता र सरकारको स्थिरताको पक्कै पनि प्रवर्धन गर्न चाहन्छ । तर त्यो केवल कामना र सदाशयता भन्दा बढ्ता अघि बढ्दैन । जसरी भारतले नेपालको हरेक राजनीतिक पार्टीका नेताहरुलाई दिल्लीमा परेड खेलाएर वा काठमाडौंका तारे होटलमा खुसामद गरेर आफ्नो अधिपत्य प्रदर्शन गर्दै आएको विगत जस्तो प्रवृत्तिमा चीन जानै सक्दैन । त्यो चीनको कुटनीतिक संस्कार र प्रचलन नै होइन । नेपालमा नेकपाको शासस र वर्चस्वबाट अत्तालिएका बौद्धिक वर्ग, दक्षिणी वा पश्चिमी दानापानीमा रमाउने सहरिया एलिट तथा भारतीय मिडियाको कोकोहोलो एकै खालले प्रदर्शित हुनु गज्जब संयोग र छटपटी बुझ्न नसकिने कुरा होइन । उनीहरु नेकपाको एकता टुटोस् भन्ने चाहन्छन् । चीन एकीकृत रहोस् भन्ने चाहन्छ । एकीकृत रहोस् भन्नका लागि कुनै षडयन्त्र गर्न पर्दैन तर टुटुफुटका लागि षडयन्त्रका अनेकन घिनलाग्दा दाउपेच गर्नु पर्दछ । त्यो अभियान नेपालमा अहिले तीव्र ढंगले बढेको छ ।

विगतको इतिहास हेर्दा उदीयमान महाशक्ति चीन सधंै नेपालको स्थिरता र समृद्धिको पक्षमा रहँदै आएको छ । अबका दिनमा पनि नेपालको समृद्धिका लागि असल कूटनीति र पारस्परिक समानतापूर्ण कूटनीतिक सम्वन्ध जरुरी छ । यसका लागि चिनियाँ सरकार र त्यसका प्रतिनिधिसँगको सम्वादलाई सहकार्यको निरन्ताको अभ्यासका रुपमा लिनु पर्दछ । बरु चीनसंग नेपालले गरको सम्झौता र सहमतिलाई वर्तमान सरकारले तीव्र ढंगले अगाडि बढाएर नेपालको समृद्धि र भूजडित अवस्था निर्माण गर्न सक्दा मात्र नेपालको हित हुन्छ । यस दिशामा नेपालका बौद्धिक वर्ग र मिडियाले सरकारलाई घच्घच्उनु र सरकारले पनि त्यस दिशामा काम गर्न तदरुकता देखाउनु पर्ने हो । यही विन्दुमा नेपाल चुक्दै आएको छ ।

नेपाल पेजको बिशेष सम्पादकिय

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com