ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाले ३ लाख यौनकर्मीको पेसा खोसियो


एबीसी न्यूज

काठमाडौं, २५ असार । कोरोना भाइरसको महामारीले थाइल्याण्डको रात्रिकालिन जीवन अस्तव्यस्त बनायो । यार्टी र बारहरु बन्द भए । खासगरी पेशाकै रुपमा यौन धन्धा अपनाएका यौनकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ । तिनैमध्ये एक हुन् पिम, जो अचेल घरबेटीलाई कसरी भाडा तिर्ने भन्नेबारे चिन्तित छिन् ।

सुनसान सडकमा निस्किन पिमलाई डर लाग्छ, तर पनि पेट पाल्नु त छ । बैंककदेखि पतायासम्मका सबैजसो नाइट क्लब र मसाज पार्लहरु बन्द भएपछि पर्यटकको आगमन नै रोकिएको छ ।
जसले गर्दा ३ लाख जति यौनकर्मीहरुको पेशा खोसिएको छ । तै पनि कतिपय त सडकमै ग्राहक खोजदै भौँतारिन बाध्य देखिन्छन् ।

‘भाइरसदेखि डर लागिरहेको छ, तर मलाई ग्राहकको खाँचो छ, जसले गर्दा मलाई भाडा र खानाको खर्च जोहो गर्न सजिलो हुनेछ,’ ३२ वर्षीया यौनकर्मी पिम भन्छिन् । पिम तेस्रोलिंगी यौनकर्मी हुन् । जो यसै गरी डान्स बार र मसाज पार्लर बन्द भए पनि मध्य रातमा सुनसान सडकमा ग्राहकको खोजीमा भौँतारिँदै छिन् ।

शुक्रबारदेखि थाइल्याण्डमा राति १० बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ । बार तथा रेष्टुरेण्टहरु केही दिनअघिदेखि नै बन्द छन् । बैंककका बारहरुमा काम गर्ने यौनकर्मीहरु, जो ग्राहकको टिप्समा निर्भर हुन्थे र घरमै जान तयार हुन्थे, उनीहरुका लागि यो कर्फ्यूसँगै रोजीरोटी पनि खोसिएको छ ।

जब यस्ता बार तथा रेष्टुरेण्टहरु अचानक बन्द भए, उनीहरुको पेशा पनि संकटमा परेको हो । अन्ततः पिमजस्तै अन्य यौनकर्मीहरु पनि ग्राहक खोज्दै सडकमा जान बाध्य भएका हुन् । सरकारले भने कोरोना संक्रमण नियन्त्रणका लागि २४ घण्टे कर्फ्यू लगाउन तयार रहेको जनाएको छ ।

थाइल्याण्डमा २ हजार भन्दा धेरै संक्रमित हुनुका साथै २० जनाको मृत्यु भइसकेको छ । पिम राति यसरी भौँतारिए पनि १० दिनदेखि ग्राहक नै भेटिएका छैनन् । उनकी साथी एलिस पनि रात्रिकालीन कर्फ्यूसँगै सडकमा निस्किन बाध्य भइन् । ‘म कहिलेकाहीँ हप्तामै ३ सय देखि ६ सय डलरसम्म कमाउथेँ । तर जब व्यवसाय बन्द भयो, मेरो कमाइ पनि रोकियो । हामी विपन्न भएरै यस्तो काम गर्न बाध्य छौँ, यदी हामीले भाडा तिर्न सकेनौँ भने तिनिहरुले लात हान्नेछन्,’ एलिसले भनिन् ।

रातको समयमा काम गर्ने यौनकर्मीहरुको पेशा नै कठिन छ । लुटेराहरुको उत्तिकै डर हुन्छ । पहिलेदेखि नै जोखिममा रहेका यौनकर्मीहरुका लागि कोरोना भाइरसका कारण झनै जोखिम बढेको छ । एलिस भन्छिन्, ‘हामीलाई भाइरस भन्दा पनि भोकको डर छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com