ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग


एबीसी न्यूज

पशुपतिनगर, २४ असार ।  राजस्व चुहावटसम्बन्धी आरोपमा उच्च अदालत इलाम इजलासले झापाको मेचीनगर–१४ मा रहेको साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग गरेको छ । नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग नाममा गुट्खा उत्पादन गरिरहेको उद्योगमा रु ७३ करोडभन्दा बढी राजस्व चुहावट गरेपछि मालिक रामकृष्ण शर्मा नाम भएका रमेश शर्माका नामबाट चर्चित उद्योगीलाई रु पाँच लाख धरौटी र उद्योगका सुपरभाइजर विष्णुप्रसाद खरेललाई रु ४५ लाख धरौटी माग भएको हो ।

उच्च अदालतको इलाम इजलासमा भएको थुनछेकको बहसमा न्यायाधीशद्वय विष्णुप्रसाद कोइराला र शिवनारायण यादवको इजलासले सो आदेश दिएको हो । अन्तःशुल्क छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ३६ करोड ५५ लाख ६३ हजार ३३७ रुपैयाँ ४६ पैसा बिगो र त्यति नै जरिवानाको माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

साकम्बरी प्रोडक्ट, माधव इन्टरप्राइजेज र एसएस इन्टरप्राइजेज नामका तीन वटा फर्म राजश्व चुहावटमा संलग्न रहेको राजश्व अनुसन्धान विभागले ठहर गर्दै छ जनाविरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये रमेश शर्मा र विष्णुप्रसाद खरेल अदालतमा उपस्थित भएका छन् । साकम्बरीका मुकेश शर्मा, एसएस इन्टरप्राइजेजका सुपरभाइजर सदन सिंह, सिताराम शर्मा र मे १ ज १६०० नम्बरको सवारीधनी आषिश शर्मा भने अदालतमा उपस्थित भएका छैनन् ।

“सूचनाका आधारमा छापा मारेका हौँ”, विभागका महानिर्देशक दीर्घराज मैनालीले भन्नुभयो, “रातभर उत्पादन गरेर बिहानै बजारमा बिक्री गरेको सूचना पाएकाले अनुसन्धान थालेका थियौँ ।” गत वर्षको जेठमा विभागले उद्योग बन्द गराएको थियो ।

विना स्टिकर र रि–स्टिकर प्रयोग गरेर नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग बजारमा विक्री भइरहेको थियो । उद्योगका सञ्चालक रमेश शर्माले राजनीतिक पहुँच प्रयोग गरेर राजश्व छली गरिरहेकाले विभाग आफैँ सक्रिय भएको बताइएको थियो । इलाम र झापासहित देशभरका बजारमा राजश्व छली गरेका गुट्खाको बिक्री अत्यधिक छ भने राजश्व छली गरेका भारतीय उत्पादन पनि छ्यापछ्यापती पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com