ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रु आठ लाखको आयुर्वेदिक औषधि सरकारलाई हस्तान्तरण


एबीसी न्यूज

सुर्खेत, २३ असार ।  नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ काठमाडौँले रु आठ लाखको आयुर्वेदिक औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरी नेतृत्वको पदाधिकारी टोलीले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई आयुर्वेदिक विभिन्न प्रकाका तीन हजार ३६४ थान औषधि हस्तान्तरण गरेको हो ।

औषधि ग्रहण गर्दै राज्यमन्त्री रावतले सरकार कोरोनाविरुद्धको अभियानमा द्रुतगतिमा लागिरहेको बेला महत्वपूर्ण सहयोग गरेको भन्दै सङ्घको टोलीप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले आयुर्वेद व्यवसायी सङ्घको प्रगतिको शुभकामनासमेत प्रदान गर्नुभएको थियो ।

सङ्घका अध्यक्ष गिरीले नेपाल सरकारको प्रोटोकलमा परेको आयुर्वेदबाटै व्याधिक्षमत्व गर्न देशका सातैवटा प्रदेशमा पुग्ने गरी सरकारलाई रु आठ लाख १२ हजार ७२० को आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्वभर फैलिएको कोरोना महामारीले एलोप्याथिकभन्दा आयुर्वेदिक औषधि मानव प्रतिरक्षा प्रणालीका लागि अति जरुरी सिद्ध भएको छ । जसअनुसार हामीले शक्तिवद्र्धक आयुर्वेदिक औषधि हस्तान्तरण गरेर सरकारको साथमा छौँ भन्ने सन्देश दिएका छौँ ।”

देशैभरि क्वारेन्टिनमा रहेका नागरिकलाई पुगोस् भनेर रु छ लाखको दुई हजार ५०० थान गुडुची चूर्ण, रु ३९ हजार ६०० को १२० थान अश्वगन्धा क्याप्सुल, रु १७ हजार ९२० को ६४ थान च्यवनप्राश, रु १८ हजारको १२० थान आमलकी चूर्ण, रु सात हजारको ६० थान त्रिकटु चूर्ण र रु एक लाख ३० हजारको ५०० थान गिलोयप्लस प्रवाही हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्घले गत वैशाख २० गते उदयपुर भुल्केका कोरोना रोगीलाई केन्द्रित गरेर रु ४५ हजारको आयुर्वेदिक औषधि प्रदेश नं १ सरकारलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com