ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्य पार्टीको आन्तरिक द्वन्द्वमा काग्रेस निरपेक्ष –सभापति देउवा


एबीसी न्यूज
असार २१, २०७७ आईतबार  १० : १० बजे

काठमाडौं, २१ असार । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसले गत माघ १३ गते १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्नेसहितको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो ।

सो तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेपनि कोरोनाका कारण स्थगन गर्नुपरेको थियो । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारमा सरकारले गरेका काम कारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच केही दिनअघि भएको भनिएको भेटका बारेमा केही नेताहरुले जिज्ञासा राखेपछि सभापति देउवाले सोबारेमा जानकारी गराउनुभएको थियो । सभापति देउवाले अन्य पार्टीमा देखिएको आन्तरिक द्वन्द्वका सम्बन्धमा काँग्रेस निरपेक्ष रहने बताउनुभएको थियो ।

सभापति देउवाको अध्यक्षतामा भएको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य डा रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, अर्जुनप्रसाद जोशी, दीपक गिरी, नवीन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, श्यामकुमार घिमिरे र वीरबहादुर बलायरले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । केन्द्रीय समितिको बैठक भोलि असार २२ गते दिउँसो २ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com