ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म चार पटक प्रधानमन्त्री भएँ, तपाईँहरुमध्ये कोही लायक हुनुहुन्छ – देउवा


एबीसी न्यूज
असार १९, २०७७ शुक्रबार  २ : ३४ बजे


काठमाडौं, १९ असार ।  कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसङ्घ नेतृत्वप्रति आक्रोशित हुनुभएको छ ।

नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसङ्घले सङ्गठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित हुनुभएको हो ।

नेविसङ्घले काठमाण्डौमा भाषण गरेर बस्ने प्रवृत्तिले सङ्घ कमजोर बनेको भन्दै देउवाले आक्रोश व्यक्त गर्नुभयो । अहिले गाउँका कुनै पनि स्कुलमा नेविसङ्घ नरहेको र जित्ने हैसियत नेविसङ्घले नराखेको भन्दै आक्रोशित हुनुभयो ।

पहिला गाउँ र स्कुलमा गएर नेविसङ्घ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उहाँले विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभयो । उहाँले अहिले नेविसङ्घभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताउनुभयो । उहाँले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको बताउनुभयो ।

चार पटक प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको बताउनुभयो । सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले कहिलेकाँही कार्यक्रम नगरे पनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के कारणले चुनाव हारेको निष्कर्ष निकाल्यो नेकपाले ?

देउवा नै सभापति ः डा. रावल

सम्बन्धित

देउवा नै सभापति ः डा. रावल

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com