ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा विवाद : एकता जोगाउन पहल


एबीसी न्यूज
असार १८, २०७७ बिहीबार  ८ : ३२ बजे

काठमाडौं, १८ असार ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी गम्भीर सङ्कटको मोडमा पुग्न लागेको चिन्तासहित एकता रक्षाका लागि प्रयास भइरहेको छ ।

पछिल्ला घटनाक्रमका बीच आज बसेको सो पार्टीको स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको समन्वय अभावमा एकता गम्भीर सङ्कटको मोडमा पुग्न लागेको त होइन भन्ने चिन्ता देखिएकाले एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न आह्वान गरिएको छ ।

आज बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको स्थायी कमिटी बैठक बस्ने तयारी भएका बेला मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक पनि डाकिएपछि बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टेलिफोन कुराकानीमा अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकलाई निरन्तरता दिन र तत्काल मन्त्रिपरिषद्को बैठक नराख्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को् चालू अधिवेशन अन्त्यको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएपछि अध्यक्ष प्रचण्डले अधिवेशन आजै अन्त्य गराउन नहुनेमा जोड दिनुभएको थियो ।

स्थायी कमिटीको बैठक शुरु भई अघिल्ला दिन चल्दै आएका विषयवस्तुमा अमृतकुमार बोहरा र केशव बडालले धारणा राखेपछि मन्त्रिपरिषद् बैठक हुने समय भएकाले सो बैठकमा मन्त्री रहेका स्थायी कमिटीका सदस्यहरु जानुभएको थियो । केहीबेरमै मन्त्रिपरिषद् सम्पन्न भई संसद्को चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी आएपछि बैठकमा सो विषय उठेपछि छलफल अघि बढ्न सकेन । स्थायी कमिटी बैठक रोकेर प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल छलफलमा जुट्नुभयो । त्यहीबीचमा अध्यक्ष प्रचण्डले सचिवालय सदस्य र अन्य सदस्यका बीचमा सामूहिक र व्यक्तिगत छलफल गर्नुभएको थियो ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः ल्याउने हो कि भन्ने चर्चा चलेको सन्दर्भमा अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेर स्थितिका बारेमा जानकारी गराउनुभएको थियो । सो अवधिमा स्थायी कमिटीको बैठक पुनः बस्ने हो/होइन भन्ने अन्योलमा सदस्यहरु परेका थिए भने सञ्चारकर्मीहरु कुनै नयाँ वा महत्वपूर्ण समाचारको प्रतीक्षामा भेला भएका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षबीच बिहानको समझदारीविपरीत मन्त्रिपरिषद्को बैठक भएको र संसद् अधिवेशनको अन्त्यको विषय तथा अध्यादेश ल्याउने तयारीका सम्बन्धमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले तत्काल अध्यादेश ल्याउने योजना नरहेको सुनाउनुभएको थियो । शीतल निवासबाट फर्केपछि दिउँसो ४ः३० बजे भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले ती विषयमा जानकारी गराउँदै अर्को बैठक यही असार २० गतेका लागि तोक्नुभयो । कार्यव्यस्तताका कारण प्रधानमन्त्री ओली आजको पार्टीको बैठकमा उपस्थित हुनुभएको थिएन ।

प्रवक्ता श्रेष्ठले पत्रकारसँग भन्नुभयो, “यस्तो नहनुपर्ने हो । यसले गर्दा पार्टी एकता नै गम्भीर सङ्कटको मोडमा पुग्न लागेको त होइन रु भन्ने चिन्ता पैदा भएकाले पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ तुल्याउनुपर्छ भन्ने स्थायी कमिटीका सदस्यहरुको जोड रहेको छ ।”

पार्टी एकताका सङ्कट भनेको के हो ? भन्ने प्रश्नमा उहाँको जवाफ थियो, “समाचारको सबै भाषा मैले नै मिलाइदिनुपर्ने ? सङ्कट भनेपछि बुझ्नुस् न । पार्टीलाई यो सङ्कटबाट बचाउनुपर्छ । हामी सबैले प्रयत्न गर्नुपर्छ ।” उहाँले नेताहरुबीच अनौपचारिक छलफल र सहमतिको प्रयासका लागि शुक्रबारका बैठक नराखी शनिबार ११ बजे तोकिएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग गरिएको विषयमा सोधिएको जिज्ञाशामा प्रवक्ता श्रेष्ठले बैठकमा विभिन्न कोणबाट पार्टी र सरकारलाई सफल बनाउने, देशलाई अस्थिरतातर्फ लान नदिने विषयमा छलफल जारी रहेकाले निष्कर्ष आएपछि मात्रै भन्न सकिने स्पष्ट गर्नुभयो ।

स्थायी कमिटीका सदस्य गणेश साहले पार्टी नेतृत्वसँग छलफल नगरी संसद्को अधिवेशन अन्त्य गराइनु गलत भएको र आपसी विवादका कारण पार्टी फुटको सङ्घारमा पुगेकाले एकता बचाउन प्रयास भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको बैठक असार २२ गते बोलाएको छ तर आजै अधिवेशन अन्त्य हुनु जननिर्वाचित सांसदहरुको अवमूल्यन हो । प्रधानमन्त्रीले वामदेव गौतमलाई राष्ट्रियसभामा लाने यसअघिको निर्णय पनि कार्यान्वयन गर्नुभएन । यस्ता शैलीका कारण समस्या उत्पन्न हुँदै आएको हो ।” तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएको थियो ।

यही असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरूको भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यही असार १४ गते जननेता मदन भण्डारीको जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले सरकार हटाउन भारतका संयन्त्र सक्रिय रहेको अभिव्यक्ति दिनुभएको थियो ।

बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के कारणले चुनाव हारेको निष्कर्ष निकाल्यो नेकपाले ?

देउवा नै सभापति ः डा. रावल

सम्बन्धित

देउवा नै सभापति ः डा. रावल

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com