ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ दलको विवादका कारण संसदको वर्षे अधिवेशन अन्त्य


ABC NEWS
असार १८, २०७७ बिहीबार  २ : ३५ बजे

काठमाडौं १८ असार । अचानक प्रधानमन्त्री केपी शर्मा ओलीले दिउंसो साढे १२ बजे मन्त्रिपरिषदको बैठकबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने सिफारिश गरे लगत्तै राष्ट्रपतिबाट अधिवेशनको अन्त्य गरिएको छ । राष्ट्रपनि कार्यालयको प्रेस वक्तव्य अनसार आजै बेलुकी ५ बजेदेखि संसदको दुवै सदनको अन्त्य गरिएको जनाइएको छ । ।
यसभन्दा पहिले संसदको अन्त्य गर्दाको दिनको राती १२ बजेबाट अन्त्य भएको घोषण गर्ने गरिन्थ्यो ।
सत्तारुढ दलको स्थायी समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्ने र प्रधानमन्त्रीको राजीनामा गर्ने आंकलनका साथ प्रधानमन्त्रीले संसद बैठक अन्त्य गर्ने सिफारिश गरेको हुन सक्ने स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले बताए।


प्रधानमन्त्रीले संसदको अन्त्य गर्नु अघि विहान संसदीय दलका उपनेता सुवास नेम्वांग तथा उपप्रधानमन्त्री इश्वर पोखरेल सहितका ओली निकट मानिने नेताहरुले अध्यक्ष प्रचण्डसंग उनको निवासमै पुगेर लामो छलफल गरेका थिए ।
११ बजे स्थायी समितिको बैठक बस्ने तय भएकोमा सोही समयमा प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए। त्यसको केही बेरमा प्रम ओलीले संसद अन्त्य गर्ने सिफारिश राष्ट्रपनि कार्यालय पठाएका थिए ।
पत्रकार अमित ढकालले संसद अन्त्य भएको राष्ट्रपति कार्यालयको ट्विट गर्दै दु्रत डांक सेवा भन्दै व्यंग्य गरेका छन् ।
चालु संसदको बर्षे अधिवेशन सत्तारुढ दलभित्रको विवादको शिकार बन्न पुगेको छ । यो अधिवेशनबाट १दर्जन बढी विधेयक पारित गर्ने चरणमा पुगेका थिए ।
निकै विवादित बनेको नागरिकता सम्वन्धी विधेयक समेत नेकपाको केही हप्ता अघिको सचिवालय बैठकले पारित गर्ने निर्णय गरेका कारण संसदमा टेबुल भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com