ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको राजीनामा माग्नु गलत र जनमतको उपहास


एबीसी न्यूज


काठमाडौँ, १७ असार । “पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमीकमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोप्रति चिन्ता व्यक्त गर्दै सो पार्टीका कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जालमा गुटफुट र पार्टीभित्रका अवसरवादको विरोध गर्दै आन्तरिक एकताका लागि आह्वान गर्दै भनेका छन्, “दुनियाँ हँसाउने गतिविधि तत्काल बन्द गरौँ ।”

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धन भई स्थायित्व र समृद्धिको लक्ष्यसहित साझा चुनावी घोषणापत्रका आधारमा प्राप्त दुई तिहाइ नजीकको जनमतको सम्मान गर्दै २०७५ जेठ ३ मा दुई पार्टीबीच ऐतिहासिक एकता भई नेकपा गठन भएको थियो । पार्टीको एकतामा खलल आउन नहुने जनाउँदै नेताकार्यकर्ताले जीवन्त पार्टीमा छलफल र बहस स्वाभाविक भए पनि सतहमै उत्रिएर आरोपप्रत्यारोप हुनाले त्याग, बलिदान र जनमतको अपमान भएको नेकपा निकट जिल्ला तथा जनसङ्गठनका नेतृत्वकर्ताहरुको भनाइ छ । मन्त्रिपरिषद् र स्थायी कमिटीमै रहेका घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायत नेताले पनि सार्वजनिक आह्वान गरी संवाद, एकता र विश्वास सिर्जना गर्न आग्रह गर्नुभएको छ ।

नेकपाको मङ्गलबारको स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूची प्रभावित भई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भनी दिएको अभिव्यक्तिका विषयमा गर्मागर्मी छलफल भएको थियो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भनी अभिव्यक्ति दिनुभएका विषयमा छलफल हुँदा प्रधानमन्त्री ओलीको राजीनामाको विषय पनि उठेको थियो । यसैगरी निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निवेदन परेका विषयमा नेकपाका नेताकार्यकर्ताको संलग्नता छ/छैन भन्नेमा छलफल चलेको थियो । यही असार १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठक आज पनि जारी छ ।

नेकपाको विद्यार्थी फाँटको जनसङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०का संयोजक ऐन महरले पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य शीर्ष नेताबीच देखिएको विवाद आफूहरुलाई प्रिय नलागेको बताउनुभयो । रासससँग कुरा गर्दै संयोजक महरले भन्नुभयो, “स्थायी कमिटीको बैठकमा उठेका कुराहरुले स्तब्ध बनाएको छ । जनताको विश्वासप्राप्त, त्यत्रो त्याग र बलिदान गरेका नेताहरुको कचिङ्गलले सबैलाई निराश बनाएको छ । उहाँहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । पार्टीको एकतालाई बलियो बनाएर बाँकी कार्यभार पूरा गर्न लाग्नुपर्छ ।”

उहाँले स्थायित्व र समृद्धिको नारासहित अध्यक्ष ओलीको अगुवाइमा निर्वाचन जितेको र अहिले उनै प्रधानमन्त्रीको राजीनामा माग्नु गलत र जनमतको उपहास हो भन्दै शीर्ष नेताहरु आपसमा बसेर विवाद मिलाउन र मिल्न नसके नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

नेकपाको अर्को जनसङ्गठन जनसांस्कृतिक महासङ्घ नेपालका सहसंयोजक सरल सहयात्रीले नेकपामा मात्र नभई कम्युनिष्ट आन्दोलनमै व्यक्तिवादी सोच हावी हुँदै आएकाले सिद्धान्ततः राम्रो भए पनि व्यक्तिगत टकरावका कारण आन्दोलन जोखिममा पर्ने भएकाले समस्याको समाधानका लागि विधिसम्मत छलफल गर्नाको विकल्प नभएको प्रतिक्रिया दिनुभयो । स्रष्टा सहयात्रीले भन्नुभयो, “आपसी विवादलाई पार्टी फुट वा सम्पत्ति बाँडफाँटका रुपमा लिइनु दरिद्र सोच हो । पार्टीमा विधिकेन्द्रित छलफल हुनुपर्छ । समझदारीबाट समाधान नभए अल्पमत÷बहुमतबाट पनि निकास निकाल्न सकिन्छ ।”

नेकपाको डडेल्धुरा जिल्ला कमिटीका कार्यालय सदस्य धनबहादुर साउदले पनि पार्टीको उच्च नेतृत्वमा देखिएको विवादले आफूलाई दुखित तुल्याएको जनाउँदै जिल्लास्तरका कार्यकर्ताहरु पार्टीमा अझ बलियो एकताका पक्षमा रहेको बताउनुभयो । उहाँले सरकार र पार्टीको समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

विवादका नयाँ विषयका कारण पूर्वनिर्धारित नेपालको सीमा समस्या र समाधान, कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार, सरकार तथा पार्टीको कामकारवाहीको विषय स्थायी कमिटी बैठकमा प्रवेश हुनेछ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम, अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लगायत कार्यसूची पछि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com