ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 मुक्तकम्लहरी अझै पनि परिचयपत्रबाट बञ्चित


shreedhar Gautam

बर्दिया, १६ असार । मुक्ति पाएको नौ वर्ष पुगिसक्दा पनि बर्दिया जिल्लामा मुक्तकम्लहरीहरु परिचयपत्र नपाउँदा शिक्षा लिन वञ्चित भएका छन् । सरकारले २०६७ असार १३ गते कम्लहरीमुक्त घोषणा गरेको गरेको थियो ।
तत्कालै सरकारले शिक्षा र अन्य अवसरसहित पुनःस्थापनाका लागि मुक्तकम्लहरी परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो । बर्दियामा परिचयपत्र वितरण गर्ने निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा मुक्तकम्लहरी समस्यामा परेका हुन् ।
मुक्तकम्लहरी विकास मञ्च बर्दियाको तथ्याङ्कानुसार बर्दिया जिल्लामा दुई हजार ४९५ मुक्तकमलहरी छन् । तीमध्ये मुक्तकम्लहरी छानबिन समितिले आठ सय जनालाई परिचयपत्र दिने निर्णय गरेको थियो । सोहीअनुसार १५८ जनाले मात्र परिचयपत्र पाउन सकेका छन् । पचियपत्र दिने निर्णय भइसकेकामध्ये ६४२ मुक्त कम्लहरीले अmझै पाउन सकेका छैनन् ।
परिचयपत्र नहुँदा उनीहरु शिक्षा लिन तथा आर्थिक सहयोग, छात्रवृत्तिलगायत सुविधा पाउन वञ्चित हुनपरेको मञ्च बर्दियाका अध्यक्ष जुगरीकुमारी थारु बताउनुहुन्छ । उहाँ अहिले स्नातक तह तेस्रो वर्ष अध्ययनरत हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण ११ वर्षका उमेरदेखि उहाँ पाँच वर्ष कमलहरी बन्नुपरेको थियो ।
जिल्ला समन्वय समितिका संयोजक शंकरबहादुर थारुको अध्यक्षतामा मुक्तकम्लहरी पुनःस्थापना समितिको बैठकले परिचयपत्र दिने निर्णय गरेको थियो । मालपोत तथा भूमिसुधार कार्यालय गुलरियाका प्रमुख भीमबहादुर खत्रीले भूमिसुधार कार्यालयमा मुक्तकमलहरी दुई हजार पाँच सय दर्ता रहेको बताउनुभयो । तीमध्ये १५८ जनाले परिचयपत्र पाइसकेको बताउँदै उहाँले बाँकी रहेकालाई निर्देशिका र कार्यविधिअनुसार गत चैत दोस्रो हप्तादेखि स्थानीय तहमार्फत वितरण गर्ने तयारी भए पनि लकडाउनका कारण स्थगन भएको प्रमुख खत्रीले बताउनुभयो । उहाँका अनुसार वितरणका लागि सात सय परिचयपत्र छापिएर राखिएको र लकडाउन खुल्नेबित्तिकै वितरण गरिने छ ।
(((

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com