ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ को जोखिम मूल्याङ्कन गर्ने विधि (कोभिरा) सार्वजनिक


shreedhar Gautam

काठमाडौं, ८ असार । कोभिड–१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्याङ्कन गर्न सकिने विधि ९कोभिरा० सार्वजनिक गरिएको छ ।
विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि नेपाल इन्जिनियर्स एशोसिएशनले आइतबार एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो ।

सो विधि प्रयोग गर्न डब्लुडब्लुडट कोभिरा डट इन्फो वेबसाइटमा जानुपर्नेछ । वेबसाइटमा आफ्नो तथा आफ्ना परिवारको व्यक्तिगत मूल्याङ्कन गर्न सकिन्छ भने नेपालभित्रका जुनसुकै ठाउँको स्थानीय जोखिम पनि हेर्न सकिन्छ ।

एशोसिएशनका महासचिव छवि पोखरेलले यस्तो अनुसन्धानमुलक विधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने बताउनुभयो । बेलायतको हडस्र्फिल्ड विश्वविद्यालयका प्राध्यापक पदम सिङ्खडाले यस किसिमको जोखिम मूल्याङ्कन विधिले सरकार, समुदाय तथा व्यक्ति स्वयंलाई धेरै उपयोगी हुने बताउनुभयो ।

अनुसन्धानमा आधारित, वैज्ञानिक तथ्य, विधि र प्रमाणका आधारमा तथ्याङ्क विश्लेषण गरी क्षेत्रीय तथा स्थानीय अवस्थासमेतलाई समेटेर बहुआयामिक वैज्ञानिक तथा विशेषज्ञ मिलेर बनाइएको यो नै पहिलो ‘एप्लिकेशन’ भएको दाबी गरिएको छ ।

बेलायतको ब्रिस्टोल युनिभर्सिटिमा कार्यरत डा ऋषिराम पराजुलीले यसको आधार कसरी तयार गरिएको छ भन्नेबारे प्रस्तुति दिनुभएको थियो । यस विधिले कोभिड सङ्क्रमण भएमा पनि उमेर, लिङ्ग, दीर्घरोगको अवस्थाले आफ्नो जोखिम कति छ, साथै आफ्नो अन्य विविध दैनिक कार्यका आधारमा आफूलाई कोभिड सर्नसक्ने जोखिम कति छ भन्नेबारे आँकलन गर्नेछ । साइन्स हबका अनुसन्धानकर्ता तथा नेपाल खुल्ला विश्वविद्यालयका डा भोजराज घिमिरेले यसमा प्रयोग भएको प्रविधि, ‘डाटा’ को गोपनीयता तथा सुरक्षालगायत निकट भविष्यमा हुने परिमार्जनसम्बन्धी विषयमा जानकारी दिनुभएको थियो ।

साइन्स हबले यसलाई थप व्यवस्थित गर्दै लैजाने, स्थानीय तहका विविध तथ्याङ्क समुदायस्तरबाटै समेत लिन सकिने तथा बहुभाषामा यो ‘एप्लिकेशन’ निर्माण गर्ने जनाइएको छ ।
कोभिरा के हो र यसको प्रयोग कसरी गर्ने ?
कोभिरा, हाल चलिरहेको कोभिड–१९ महामारीको जोखिम मूल्याङ्कन गर्ने विधि हो । यसमा कुनै पनि व्यक्तिले आफ्ना बारेमा सोधिएका केही प्रश्नको उत्तर दिएर आफ्नो व्यक्तिगत जोखिम मूल्याङ्कन गर्न सकिनेछ ।
यसका साथै आफू बसिरहेको क्षेत्रमा कोरोना सर्नसक्ने जोखिमको अवस्था के छ र आफूलाई सर्न सक्ने जोखिम कति छ भन्नेबारे पनि मूल्याङ्कन गर्नेछ । यससँगै नेपालका विभिन्न ठाउँमा विविध कारण हुनसक्ने जोखिम मूल्याङ्कन नक्सा पनि राखिएको छ ।
सामाजिक, आर्थिक, जनस्वास्थ्य, साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ । यसमा रहेको ‘टोटल रिस्क’ बटनमा ‘क्लिक’ गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउने छ । कोभिड–१९ को दैनिक अपडेटपश्चात क्षेत्रगत जोखिम परिवर्तन हुनेछन् । यसबाट दैनिकरुपमा जोखिम नक्सा हेर्न सकिनेछ ।
व्यक्तिगत जोखिम मूल्याङ्कन विधि चीन, इटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकाका मृत्यु भएका करिब ६० हजार व्यक्तिको तथ्याङ्कलाई केलाएर बनाइएको हो ।
व्यक्तिगत जोखिम व्यक्तिको उमेर तथा दीर्घ रोगमा आधारित छ भने सर्नसक्ने जोखिम, स्थानीयस्तरमा कोरोना सर्ने जोखिम तथा व्यक्तिको आफ्ना क्रियाकलापमा निर्भर गर्दछ । यसले जोखिमलाई पाँच तहमा देखाउँछ, अति न्यून, न्यून, मध्यम, उच्च र अति उच्च । बीचमा रहेको सुईले जुन भागमा देखाउँछ, त्यो नै जोखिमको स्तर हुनेछ । कुन अवस्थामा के गर्ने भन्ने सुझाव पनि यसले देखाउनेछ । नेपाल इञ्जिनियर्स एशोसिएशनका अध्यक्ष त्रिरत्न बज्राचार्यले वेवनारमार्फत सो ‘एप्लिकेसन’ सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com