ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सा जिल्लामा नियम मिचेर अहिले पनि पर्साका खोलाबाट गिट्टी–बालुवा उत्खनन् जारी


एबीसी न्यूज

पर्सा  ८ असार । विश्व कोरोना भाइरसको महामारीका कारण घरभित्र बसिरहेको अवस्था पर्सामा भने बन जङ्गलको खोलाहरुबाट नियम विपरीत गिट्टी९बालुवा उत्खनन् कार्य जारी रहेको छ । पर्साका जमुनिया खोला, भेडाहा, कर्जनिया र सिंघाही नदी र पटेर्वासुगौली, पर्सागढी, सखुवा प्रसौनि लगाएतका स्थानियतहरुको सहयोगमा खोलाजन्य पदार्थको उत्खनन् जारी छ । जेठ मसान्तमा नै गिट्टी, बालुवा, ढुंगा निकाल्ने अन्तिम म्याद रहे तापनि ठेकेदार कम्पनी तथा स्थानीय राजनीतिक दल, तथा वनकर्मीको मिलेमतोमा बालुवा निकाल्ने काम जारी रहेको हो।

स्थानीय प्रशासनलाई थाहा भए पनि नक्कली कागजातको आधारमा बालुवा निकाल्ने काम भइरहेको देखिन्छ। प्रदेश सरकारले लकडाउनका कारण केही समय बढाएर असार २१ गतेसम्म गिट्टी, बालुवा निकाल्ने अनुमति दिएको पत्र देखाउँदै गिट्टी, बालुवा निकाल्ने काम भइरहेको देखिन्छ।

केहिवदिन पहिला अवैधरुपले उत्खनन गरि ट्रक , टिपर , ट्याक्टरमा गिट्टी , बालुवा लोडगरि ल्याउने थालेपछि पर्साका ग्रामीण भेगका स्थानीयले विरोध गरेपछि यस विषयमा अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारीले आफूले खोला उत्खनन् को आफैले अनुगमन गर्नु भएको थियो । अंसारीले अनुगमन गरेपनि अहिले गाऊपालिका र बनबिभागको मिलोमतोमा व्यापक रुपमा खोलाबाट अवैध रुपले गिट्टी र बालुवाको ढुवानि भईरहेकोले अहिले असारे बजेटको कार्यमा बिकासको नाऊमा बालुवा पानी हाल्ने स्रोह स्थानीयले बताएका छन्।

जिल्ला समन्वय समितिको संयोजक अंसारीको अनुसार प्रदेश सरकारले पठाएको पत्र जिल्ला समन्वय समितिमा नपुगी सिधै ठेकेदारको हातमा पुगेको छ। ठेकेदारहरु सो पत्रको आधारमा बुधवार महानगरपालिका कार्यालयमा पुगेको र सो कार्यालयले भेडाहा खोलाबाट उत्खनन् गर्ने आदेशसमेत दिएको जानकारी प्राप्त भएको छ।

महानगरपालिका राजस्व फाँटका इन्चार्ज रामदयाल यादवले पत्र लिएर आफू कहाँ आएको बताए। सो विषयमा ठेकेदारले प्रमुख कार्यकारी अधिकृतसँग भेटेर उत्खननको लागि पत्र लिएर गएको आफूलाई जानकारी भएको बताए।

पर्सा जिल्ला बाट नियम मिचेर जङ्गल वाट विभिन्न खोलावाट अवैध उत्खनन गरि टिपर, ट्याक्टरमा लोड गरि ल्याईको गर्दे ग्रामीण भेगका बाटो हिड्नु समेत गार्‍हो रहेको स्थानियले बताउछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com