काठमाडौ, २ असार । अमेरिकामा रहेका नेपालीलाई लिएर ४ वटा जहाज नेपाल आउने भएका छन् । अमेरिकामा रहेको नेपाली दूतावासले यही ९ र ११ गते २/२ वटाका दरले ४ वटा जहाज नेपाल उडानको लागि सम्झौता भएको जनाएको छ । दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस एअरलाइन्स र वाशिङटनबाट कतार एअरवेजले नेपाली लिएर काठमाडौ उडान गर्नेछन् । यस्तै १३ गते शिकागोबाट टर्किस एअरलाइन्स र ड्यालसबाट कतार एअरवेजले उडान भर्नेछन् । यसको लागि भाडा भने यात्रुले नै तिर्नुपर्नेछ ।








प्रतिक्रिया दिनुहोस्